×

NMB BANK
NIC ASIA

एसईई परीक्षाफल कसरी सार्वजनिक हुन्छ ? यस्तो बन्यो कार्यविधि [पूर्णपाठसहित]

असार १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो हप्तासम्म एसईई परीक्षाफल प्रकाशित गर्ने गरी कार्यविधि तयार गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कार्यविधिअनुसार सबै विद्यालयले असार २० गतेसम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन र इकाइले असार ३० गतेभित्र सबै अंक बोर्डमा पठाउन भनिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालयको मूल्यांकन समिति र इकाइले पठाएको नम्बर प्रविष्ट गरी सो नम्बरलाई अक्षरांक पद्धतिमा समाविष्ट गरी परीक्षाफल प्रकाशित गरिने कार्यविधिमा उल्लेख छ । बोर्डले बुधवार सबै विद्यालय र इकाइलाई सोसम्बन्धी निर्देशन दिनेछ । परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षाको कार्यविधि तयार भएलगत्तै बुधबारवाट प्रक्रिया शुरू हुने जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

साउन ७ गतेबाट ११ कक्षाको नयाँ शैक्षिक सत्र शुरू हुने गरी परीक्षाफल प्रकाशित गर्ने तयारी भएको जानकारी गराउँदै परीक्षा नियन्त्रक खकुरेलले सोहीअनुसार तयारी गरेको बताए ।

Vianet communication
Laxmi Bank

बोर्डले मंगलवार माध्यमिक शिक्षा परीक्षा (एसईई) १० कक्षाको मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि पारित गरेलगत्तै आन्तरिक कार्यतालिका तयार गरेको हो । सोमवार बसेको बोर्डको बैठकले कार्यविधि पारित गरेपनि केही त्रुटि भएको कारण मंगलवार सार्वजनिक गरेको हो ।

कोरोनाको महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) तोकिएको मितिमा सञ्चालन हुन नसकेको र महामारी कायम रहने अवधिसमेत अनिश्चित रहेको हुँदा विद्यार्थीको शैक्षिक सत्र समेतलाई मध्यनजर गरी शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा ४ट(१) मा उल्लिखितमध्ये कक्षा १० का विद्यार्थीको हकमा सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने उल्लेख गर्दै ऐनको दफा २० अनुसार बोर्डले कार्यविधि तयार गरेको छ ।

कार्यविधिमा विद्यार्थीको परीक्षाको अन्तिम मूल्यांकन गर्न सम्बन्धित विद्यालयको प्रधानाध्यापक अध्यक्ष रहने गरी ३ सदस्यीय समिति गठन गर्ने व्यवस्था गरेको छ ।

समितिमा सम्बन्धित कक्षा शिक्षक, माध्यमिक तहका शिक्षकमध्ये नियुक्तिका आधारमा सबैभन्दा ज्येष्ठ, शिक्षक प्रतिनिधि सदस्य हुने व्यवस्था गरिएको छ ।

सैद्धान्तिक मूल्यांकनको लागि माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार विद्यालयहरुले लिएका परीक्षाहरूमध्ये अधिकतम पाठ्यक्रम समावेश हुनेगरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णांक अन्तर्गत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने व्यवस्था उल्लेख गरिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रयोगात्मक मूल्यांकनअनुसार प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यसअगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनुपर्ने व्यवस्था गरिएको छ ।

कार्यविधिमा खुला विद्यालयमा अध्ययनरत विद्यार्थीको हकमा समेत सम्बन्धित विद्यालयले पाठ्यक्रम बमोजिमको प्रक्रिया अबलम्बन गर्नुपर्ने उल्लेख छ ।

विद्यालयले राखेको अभिलेख बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म मूल्यांकन विवरण गोप्य राख्नुपर्नेछ । विक्रम संवत् २०७६ सालको एसइई परीक्षाको मूल्यांकन करीब ५ लाख विद्यार्थी सहभागी हुने भएका छन् ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सरकारको निर्देशनअनुसार कार्यविधि तयार गरेको बताए । उनले भने, ‘कार्यविधिमा उल्लेख गरेअनुसार बुधबारबाटै प्रक्रिया शुरू हुनेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

पुस ११, २०८०

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिला सुस्ती अन्त्यको माग राख्दै बुधवार...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x