दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा लोखर्केले आफ्ना सन्तानलाई सर्पबाट जोगाउन संघर्ष गरेको भिडियो अहिले भाइरल बनिरहेको छ ।
भिडियोलाई क्रुगर साइटिङ्स नामक यूट्युब च्यानलले शेयर गरेको हो ।
मार्च २ मा शेयर गरिएको भिडियोले लगभग १५ लाख भ्युज पाइसकेको छ ।
आफ्ना सन्तानलाई बचाउन आमा लोखर्केले गरेको संघर्ष हेरेका मानिसले खुबै प्रशंसा गरिरहेका छन् । सर्पलाई तर्साउनका लागि लोखर्केले पुच्छर उपयोग गरेको देखेर उनीहरू दंग परेका छन् ।
एजेन्सी