'डिशहोम मा डिलर दाइको डिस्काउन्ट' योजना अन्र्तगत लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् ।
असार ५ गतेदेखि असार ११ गतेसम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ ।
हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १००, शोकेस च्यानल नम्बर १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् ।
योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १००,००० /– नगद प्राप्त गर्नु हुनेछ । यो योजना अन्तर्गत असार १२ गते भएको लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको क्यास आइडी नम्बर ७१९१३८१२७५७, ०२५५८१८९४०४ बिजेता बन्न सफल भएका छन् ।
बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाई सहित आउने लाइभ लक्की ड्र २०७७ साल असार १२ गते शुक्रबार साँझ ५ बजे शोकेस च्यानल नम्बर १००, शोकेस च्यानल नम्बर १०१ र रमाईलो टिभीमा हुने जानकारी छ ।
असार १२ गते शुक्रबारदेखि असार १८ गते बिहिवार सम्म डिशहोमको आधिकारीक विक्रेताहरु मार्फत फन्ड ट्रान्सफर सेवा बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई असार १९ गतेको लाइभ लक्की ड्र मा समावेश गरिने छ ।
फन्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।
लोकान्तर संवाददाता