कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पाचौं स्थायी कमिटी बैठकको तेस्रो दिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली शुरूमा एकछिन बसेर निस्किएका छन् ।
तेस्रो दिनको बैठक शनिवार बिहान ११ बजेदेखि प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा जारी छ ।
‘उहाँ आएर एकछिन बसेर निस्किनुभो,’ एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई बताए ।
शुक्रवार बसेको दोस्रो बैठकमा ओली उपस्थित थिएनन् । ओली उपस्थित नभएपछि अष्टलक्ष्मी शाक्य, भीम रावल लगायतका स्थायी कमिटी सदस्यहरूले किन उपस्थित नभएको भन्दै प्रश्न गरेका थिए ।
उनीहरूले दैलोमै बसेको बैठकमा सहभागी नहुनु राम्रो नभएको भन्दै प्रतिवाद गरेका थिए । प्रधानमन्त्री सहभागी नहुने हो भने बैठक पार्टी कार्यालय धुम्बाराही सार्नुपर्ने उनीहरूको माग थियो ।
शुक्रवार ओली उपस्थित नहुनुको कारण बैठकमै माग गरिएपछि शनिवारको बैठकमा एकछिन मात्र मुख देखाउन आएका थिए ओली । ‘मुख देखाउन आउनुभएको रहेछ, फोटोग्राफरले फोटो खिचेपछि निस्किनुभयो,’ लोकान्तरलाई म्यासेजमार्फत् एक स्थायी कमिटी सदस्यले बताए ।
शनिवार (आज) जारी स्थायी कमिटी बैठकमा नेपाल-भारतबीचको सीमा विवाद समाधानका विषयमा सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । सीमाकै विषयमा शुक्रवार १८ जना स्थायी कमिटी सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् ।
सीमापछि कोभिड १९ को नियन्त्रण र रोकथामको एजेण्डामा स्थायी कमिटी बैठक प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
बुधवारदेखि शुरू भएको ५ औं स्थायी कमिटी बैठकको पहिलो दिन अध्यक्षद्वय ओली र प्रचण्डले आफ्नो मन्तव्य राखेका थिए । त्यसपछिका बैठकहरूमा ओलीले खासै चासो देखाएका छैनन् ।
प्रेस सल्लाहकार सूर्य थापाले ओली बैठकमा सहभागी नभएपनि बैठकमा उठेका सबै कुराहरू सुन्ने व्यवस्था गरिएको बताउँछन् ।
शुक्रवार केही सञ्चारकर्मीहरूसँग उनले भनेका थिए, 'उहाँ आवश्यक ठान्नुभयो भने बैठकमा आउनुहुन्छ, नत्र किन आउनुपर्यो । स्थायी कमिटी बैठकमा उठेका कुराहरू उहाँले सुन्ने व्यवस्था मिलाइएको छ ।'
थापाले शुक्रवार अन्य मिटिङ रहेकाले प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन नसकेको दाबी गरेका थिए ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...