×

NMB BANK
NIC ASIA

एक वर्षीय बालकले जिते कोरोना

असार १३, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

तनहुँको ऋषिङ गाउँपालिका–६ का एक वर्षीय बालकले कोरोना जितेका छन्। यही असार ५ गते कोरोना पुष्टि भएर शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत एक वर्षीय बालकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

Sagarmatha Cement
Muktinath Bank

असार ११ गते पिसिआर परीक्षणका लागि स्वाब पठाइएकामा आज प्राप्त भएको रिपोर्टअनुसार बालक कोरोना सङ्क्रमणमुक्त भएको उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए। डा श्रेष्ठका अनुसार एक वर्षीय बालकका २५ वर्षीय आमा पनि कोरोना सङ्क्रमणमुक्त भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऋषिङ गाउँपालिका–६ का २८ र २५ वर्षीय युवा पनि कोरोना सङ्क्रमणमुक्त भएको उपचार केन्द्रले जनाएको छ । चार जनाको नै असार ११ गते दोस्रो पिसिआर परीक्षण गरिएको थियो। चार जनालाई नै सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर डिस्चार्ज गरिएको छ।


Advertisment
Nabil box
Kumari

शुक्लागण्डकी नगरपालिका–९ का २२ वर्षीय युवक पनि कोरोना जितेर आज घर फर्किएका छन्। असार ५ गते कोरोना पुष्टि भएका ती युवकको पनि असार ११ गते दोस्रो पिसिआर परीक्षण गरिएको थियो। शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख अजय श्रीवास्तवले शुक्लागण्डकी नगरपालिकाका पाँच जनामा कोरोना पुष्टि भएकामा तीनजना उपचारपछि घर फर्किएको जानकारी दिए।

Vianet communication
Laxmi Bank

त्यसैगरी घिरिङ गाउँपालिका–१ का २६ वर्षीय युवा पनि कोरोना सङ्क्रमणमुक्त भएका छन्। असार १ गते कोरोना पुष्टि भएका उनको असार ४ गते दोस्रो पिसिआर पोजिटिभ आएपछि असार ११ गते गरिएको तेस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो। ती युवालाई भने आइतबार स्थानीय तहको जिम्मामा डिस्चार्ज गरिने उपचार केन्द्रले जनाएको छ। 

जिल्लामा एक सय दुई जनामा कोरोना पुष्टि भएको छ भने १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। व्यास नगरपालिकाका एक, शुक्लागण्डकी नगरपालिकाका तीन, ऋषिङ गाउँपालिकाका सात, घिरिङ गाउँपालिकाका पाँच, आँबुखैरेनी गाउँपालिका एकजना कोरोना सङ्क्रमणमुक्त भएका छन्।
–––

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x