×

NMB BANK
NIC ASIA

हिजो दिनभर : नेपालमा पनि पस्यो सलह, ७७ वटै जिल्लामा पुग्यो कोरोना संक्रमण

असार १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा पनि पस्यो सलह
नेपालमा वनस्पति नाशक कीरा ‘सलह’ प्रवेश गरेको पुष्टि भएसँगै सरकारले रोकथाम तथा प्रतिकार्यको कामलाई अगाडि बढाएको छ।

Sagarmatha Cement
Muktinath Bank

 बारा, सर्लाही, पर्सा, सिन्धुली र रुपन्देहमा सलह कीरा देखा परेको शनिबार पुष्टि भएको थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह प्रभावित क्षेत्रमा अनुन्धानका लागि प्राविधिक गरेको छ।


Advertisment
Nabil box
Kumari

कृषि मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सलह कीराकाको संख्या, अवस्था, फैलावट, क्षतिको आकलन लगायतका विषयमा जानकारी लिन संघीय निकायहरू र प्रदेश अन्तर्गतका प्राविधिकहरू परिचालित भैसकेका छन्। ’

Vianet communication
Laxmi Bank

मन्त्रालयको आकस्मिक बैठकले संघमा रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकायहरूलाई सक्रिय बनाएको छ।            

 प्रदेश ५ सरकारले सलह कीरा समातेर प्रदेश सरकारलाई बुझाउनेले १ किलोको २० रुपैयाँ दिने निर्णय गरेको छ।  झुन्डमा रहने सलहले बाली र रुखबिरुवा नष्ट गर्ने सलह नष्ट गर्दछ।


एकैदिन १ सय ३६ ले कोरोनालाई जिते
नेपालमा २४ घण्टामा थप १ सय ३६ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

तीमध्ये १८ महिला र १ सय १८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार ८ सस ३४ पुगेको छ । 

६५ हजार ७ सय १२ जना क्वारेन्टिनमा र ९ हजार ४ सय ४७ जना आइसोलेशनमा छन् । पछिल्लो २४ घण्टामा  ५ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो सँगै सङ्क्रमितको सङ्ख्या १२ हजार ३ सय ९ पुगेको छ ।  

थप ५५४ जनामा कोरोना पुष्टि, ७७ वटै जिल्लामा पुग्यो संक्रमण
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । शनिवार थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणको अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कूल संक्रमितमध्ये १३६९ महिला र १० हजार ९४० पुरुष रहेका जानकारी दिए ।

प्रवक्ता गौतमले ७७ वटै जिल्लामा कोरोना संक्रमण पुगेको जानकारी दिए ।  शनिवार कैलालीको गोदावरीका १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए । यससँगै संक्रमितको मृत्युको संख्या २८ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म २ हजार ८३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार १३६ जना डिस्चार्ज भएका छन् ।

नेकपा स्थायी कमिटी बैठक ३ दिनका लागि स्थगित
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पाचौं स्थायी कमिटी बैठकको तेस्रो दिन पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठकमा ओली आफू अस्वस्थ्य भएको भन्दै बैठकमा सहभागी नभएका हुन् । 

‘स्वास्थ्यस्थिति अनुकूल नभएको भन्दै उहाँ (प्रधानमन्त्री) बैठकमा सहभागी नहुनुभएको हो,’ बैठक सकिएपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरूसँग भने । ओली शुरूमा एकैछिन बैठकस्थलमा बसेर बाहिरिएका थिए ।

ओली शुक्रवार बसेको दोस्रो दिनको बैठकमा पनि उपस्थित थिएनन् । ओली उपस्थित नभएकोमा स्थायी कमिटी सदस्यहरूले असन्तुष्टि प्रकट गरेका छन् । 

प्रवक्ता श्रेष्ठले बैठकमा सीमा विवादका बारेमा छलफल भएको जानकारी दिए । शुक्रवारदेखि छलफल चलेको नेपाल-भारत सीमा विवादका बारेमा शनिवार पनि छलफल चलेको हो । 

शनिवारको बैठकमा २१ जना स्थायी कमिटी सदस्यहरू बोलेका थिए । प्रवक्ता श्रेष्ठले स्थायी कमिटी सदस्यहरू देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, सत्यनारायण मण्डल, रघुजी पन्त, टोपबहादुर रायमाझी, युवराज ज्ञवाली, नन्दकुमार प्रसाई, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत, बामदेव गौतम, योगेश भट्टराई, ईश्वर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, विष्णुपुकार श्रेष्ठ र पुष्प कंडेलले आफ्नो धारणा राखेको बताए । 

प्रवक्ता श्रेष्ठले सबै स्थायी कमिटी सदस्यहरूले नेपालको सम्पूर्ण भू-भाग समेटिएको नक्सा प्रकाशित गर्ने र संविधानको अनुसूचीसमेत संशोधन गरेर ऐतिहासिक पहल गरिएको र त्यसलाई राष्ट्रिय एकताद्वारा हाम्रो भूमि प्राप्त गर्नुपर्छ भन्ने धारणा राखेको बताए ।

श्रेष्ठले अर्को बैठक आउने १६ गते ११ बजे बालुवाटारमै बस्ने उनले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x