×

NMB BANK
NIC ASIA

काठमाडौँ महानगरले थाल्यो सहरी सौन्दर्य कार्यक्रम, माइतीघर मण्डलाबाट परीक्षण [तस्वीरसहित]

असार १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरले झिलिमिली काठमाडौं कार्यक्रमलाई परीक्षणका रुपमा अघि बढाएको छ । ‘रात्रीकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि माइतीघर मण्डला क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरिएका हुन् ।

Muktinath Bank

सूर्यको प्रकाशको घट्दै गएपछि स्वचालित रुपमा आफैं बल्ने यस्ता बत्तीका कारण मण्डला क्षेत्र मनमोहक हुन थालेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

सहरलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने कार्यक्रममध्येको रात्रीकालीन सौन्दर्य बढाउने कार्यक्रम एउटा हो । महानगरपालिकाका सह–सचिव राजेश्वर ज्ञवाली भन्छन् — अहिले परीक्षणका लागि मानिसहरुको धेरै चहलपहल र आवत–जावत हुने माइतीघर मण्डलामा हामीले नमूना परीक्षणका रुपमा यो कार्यक्रम अघि बढाएका हौँ । यसको सकारात्मक प्रतिक्रिया पाएका छौं । उहाँ कार्यक्रमका बारेमा थप्दै भन्छन् — विश्वका ठूला सहरहरुले रात्री जीवनलाई प्रोत्साहन गर्न रङ्गीन बत्तीहरुको संयोजन मिलाएका हुन्छन् । काठमाडौंलाई बिश्वका यस्ता ठूला सहरको ठाउँमा पुर्‍याउन यस प्रकारका कार्यक्रम आवश्यक छन् । 

Vianet communication
Laxmi Bank

यसबाट सन्ध्याकालमा बाहिर निस्कने र रात्रीकालीन जीवन पछ्याउनेहरुलाई आनन्दित बनाउँछ । यस्तै रात्रीकालीन सहरी सुन्दरतालाई बढाउँछ । सहसचिव ज्ञवाली भन्छन् — यसबाट सहरबासीले समृद्धिको अनुभूति गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौं । 

माइतीघर मण्डलाको झिलीमिलीबाट सकारात्मक प्रतिक्रिया पाएपछि महानगर आगामी दिनमा धार्मिक तथा पर्यटकीय स्थल र सम्पदा सूचीमा रहेका स्थानहरुमा क्रमश यस्ता बत्ती जडान गर्दै जाने योजनामा छ । सहसचिव ज्ञवालीकाअनुसार ‘केही ठाउँमा महानगर आफैंले र केही ठाउँमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत बत्ती जडान हुनेछन् । झिलीमिली काठमाडौं कार्यक्रम रातमा पनि जागा सहरको सूचक हो । यसले रात्रीकालीन व्यवसायबाट अर्थतन्त्रलाई थप चलायमान बनाउन टेवा पुर्‍याउँछ । 

महानगरले फुटपाथ पसल सञ्चालनमा रोक लगाएर सडक किनारालाई पैदल यात्रा मैत्री बनाउने योजना बनाएको छ । सडक किनारामा हिँड्दा आनन्दको अनुभूति गराउन रात्रीकालीन झिलीमिलीको ठूलो भूमिका हुनेछ ।
माइतीघर मण्डलाबाट अब तीनकुनेसम्मको सडक किनारामा झिलिमिली बनाइनेछ । त्यसपछि क्रमशः नयाँ सडक, दरबारमार्ग, ठमेललगायत क्षेत्रमा पनि बत्ती जडान गरिनेछन् । महानगरले आगामी बर्षमा रङ्गीचङ्गी बत्ती जडानका लागि करीब ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आउँदो असोज – कार्तिक महिनासम्ममा सहरका पाँच–सात ठाउँमा बत्ती जडान गर्ने लक्ष्य राखिएको सहसचिव ज्ञवालीको भनाइ छ । 

काठमाडौँ महानगरपालिकाले आ. व. २०७७/०७८ को नीति तथा कार्यक्रममा बत्तीसँग सम्बन्धित कार्यक्रम राखेको छ । प्रमुख चोकहरुमा आधुनिक सिग्नलाईज्ड प्रणालीमा आधारित ट्राफिक लाईट जडान गरी ट्राफिक व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउने, मेयर उज्यालो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, मुख्य चोकहरुमा हाइमास बत्ती जडान गर्ने नीति तथा  कार्यक्रममा समेटिएका छन् । 

मण्डलाको संकेत

शुभ कार्यको प्रतीक मण्डलालाई नेपाल मण्डलको सांस्कृतिक विम्बका रुपमा निर्माण गरिएको हो । पछिल्लो समय यस क्षेत्रमा दिनहुँ हुने फरक–फरक प्रकारका आन्दोलन, धर्ना, अनशन र खबरदारी सभाले मण्डलाको पहिचान राजनीतिक गतिविधिसँग पनि जोडिन थालेको छ । 

पहिचान फरक  फरक बनाएको छ । त्यति मात्र होइन विभिन्न महत्वपूर्ण घटनाको सम्झना गर्नका लागि होस् या केही शुभ सन्देश दिन गरिने दीप प्रज्वलनका कारण माइती घर मण्डलाले पहिचान बनाएको छ । कारण जे होस्, माइतीघर मण्डला काठमाडौंका चर्चित स्थान मध्येको एक बनेको छ ।

मण्डला र बत्तीबीच अन्तरनिहीत सम्बन्ध छ । बत्ती वा प्रकाश बिनाको मण्डला जसरी अधुरो हुन्छ । त्यसै गरी मण्डला बिना एक्लो बत्ती पनि अधुरो रहन्छ । घरमा गरिने सानातिना पूजाआजामा पनि बत्ती राख्न मण्डला बनाउने गरिन्छ । 

सांस्कृतिक रुपमा अन्तरसम्बन्ध रहेका मण्डला र बत्तीलाई झिलिमिली काठमाडौं कार्यक्रमको परीक्षणका रुपमा प्रयोग गरिएको छ । यसबाट सबैले लाभ हुने, सबैलाई अपनत्व ग्रहण हुने परिणाम आउने महानगरले अपेक्षा गरेको छ । 

तस्वीर सौजन्य : पत्रकार चन्द्रमणि भट्टराई

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x