शंकर्षण पण्डित
डियर लिट्रेचर!
याेर एन्सर्जस् स्टार्ट फ्रम ह्यर
करिब सय बर्ष अगाडि नै हो कस्जमिक केमिस्ट्रीकाे मानसपुत्र
कार्बन डेटिङ सुरू भएको,
जसले सतहमा ल्याइदियाे क्राेमेगननकाे पाइलाहरू!
अनि
अल्टामिरा र अजन्ता एलाेराका उमेरहरू!
फर्दर आई वान्ट टू से
डियर लाउरियट;
ईट्स्ज नट दि साइन्स दयाट डेस्ट्राेय अर्थ
ईट्स् दि रिलिजियस् पाेलिटिक्स् द्याट डेस्ट्राेय अर्थ।
प्रिय महाेदय!
उर्जा रूपान्तरणकाे विश्वमन्त्र नबुझ्ने कुपुत्रहरूकाे ताण्डबद्वारा अाहत
धर्ती माताकाे बहन क्षमता रक्षा गर्न भ्यासेक्टाेमी
जन्मिएको हो ।
महाेदय!
जातीवाद,लिङ्गवाद,इश्वरवाद,सती प्रथा,रङ्गभेद र वर्णवादका
भाइरसहरू,
जसले सहस्र कराेड चिहान जन्माएथ्याे!
त्यसैकाे खरानीमा विज्ञान मुस्कुराउँदै
अस्पृश्य धुँवाहरू बीच
याे वसुधामा ज्ञानको ज्याेती बाल्दै भनेथ्याे;
" मानवको एउटै जात हाेमाे सेपियन्स्" ।
प्रिय साहित्य!
त्याे रसायनशास्त्रै हाे
जसले जन्मायाे कन्डाेम एड्स विरूद्ध!
जसले जन्मायाे किमाेथेरापी क्यान्सर विरूद्ध!
र
यस घडि विज्ञानका सिपाहीहरू
भगिरथी प्रयत्न गर्दै छन्
काेराेनाकाे सञ्जिवनी खाेज्न।
शब्दहरूकाे जञ्जालाेले बेरिएकाे
आत्मीय साहित्य ;
रसायनशास्त्र घण्टीहरूकाे आवरणमा कहिले गुञ्जेन
द्विप प्रज्वलनकाे तापमा कहिल्यै चम्केन
याे त पाखण्डपन र अन्धविश्वासकाे विपरीत धार चिर्दै
मानवताको कल्याणमा अग्रसर भइरह्यो ।
कल्पनाको स्वच्छन्दवादी उडानमा रम्ने
प्रिय साहित्य !
लास्ट बट नट दि लिस्ट
आइ वान्ट टू से
हेयर ट्रान्स्प्लान्टेसन ह्याज कन्भर्टेड ब्यारेन हेड टू ग्रिनरी
मिथिकल साहित्यकाे दिव्यदृष्टी सापटी लिएर हेराैं महाेदय,
जेनेभाका भूतलहरू बीच
एल•एच•सी मा टक्राईरहेका अदृश्य पदार्थहरू!
चन्द्रमाका कुरा छाडाैं!
हाइड्रोजन परमाणुकाे फ्यूजनद्वारा नयाँ सूर्य बन्दै छ,महाेदय!
मानव सक्किदैन महाेदय,
स्टिम सेल काे रसायनिक मन्त्रद्वारा
मृत्युञ्जय पुनरागमन गर्दै
धर्ती - आकाश गुञ्जयमान हुने करतल ध्वनिमा
यसले भन्नेछ
"केमिस्ट्री इज इम्माेर्टल " !
– – –