×

NMB BANK
NIC ASIA

बेइजिङ नजिकैको आङसिन काउन्टीमा सङ्क्रमित भेटिएपछि आवागमनमा कडाई

असार १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस सङ्क्रमणको नयाँ श्रृङ्खलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसङ्ख्या रहेको क्षेत्र, आङसिन काउन्टीमा आइतबारदेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ । 

Muktinath Bank

चिनियाँ अधिकारीले सङ्क्रमणलाई नियन्त्रणमा ल्याएसँगै छिट्टै लकडाउनलाई हटाइने बताएका छन् । चीनले पहिलो चरणमा कोभिड–१९ सङ्क्रमित विरामीलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै सङ्क्रमण फैलिएको आशङ्कामा बेइजिङ् नजिकैको सिनफादी क्षेत्रका बस्तीहरूलाई बन्द गरी सङ्क्रमण परीक्षण गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा पछिल्लो समय पुनः सङ्क्रमण देखिन थालेपछि सरकारले स्थानीय वस्तीहरूलाई अन्य क्षेत्रसँगको सम्पर्कलाई बन्द गरेको छ ।  


Advertisment
Nabil box
Kumari

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार बेइजिङबाट करिब १५० किलोमिटर टाढा अवस्थित आङसिन काउन्टीमा सयौँको सङ्ख्यामा सङ्क्रमित भेटिएपछि त्यस क्षेत्रलाई पूर्ण बन्द गरी सङ्क्रमण फैलिन नदिने प्रयास भएको हो ।

Vianet communication
Laxmi Bank

सरकारले उक्त क्षेत्रमा परिवारबाट एक सदस्यलाई मात्र दिनमा एक पटक खाद्यान्न तथा औषधिजस्ता अतिआवश्यक वस्तु किन्न बाहिर निस्कने अनुमति दिई परीक्षण र उपचारलाई तीब्र पार्नलागेको छ, आङसीको महामारी रोकथाम कार्य दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बेइजिङमा विगत २४ घण्टामा थप १४ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उक्त कदम चालिएको हो । यससँगै मध्य जुनदेखि बेइजिङ र वरपरका क्षेत्रमा सङ्क्रमित हुनेको सङ्ख्या ३११ पुगेको बताइएको छ । राजधानी बेइजिङस्थित होलसेल बजार, रेष्टुरेन्ट, तथा सम्भावित बस्तीमा गत हप्ता परीक्षणलाई व्यापकता दिइएको थियो ।

परीक्षण तथा रोकथामका उपायलाई प्रभावकारी बनाउने धारणा राख्दै बेइजिङ शहरका अधिकारी सु हेचियानले भने, “सङ्क्रमितको सङ्ख्या भेटिने क्रम जारी रहेकोले हामीलाई ढुक्क भएर बस्ने अवस्था अझै आएको छैन ।”  सङ्क्रमण फैलिन नदिन सङ्क्रमित क्षेत्रका बासिन्दालाई सहर छोडेर अन्यत्र नजान, विद्यालयहरू बन्द गर्न  भनिएको छ भने दर्जनौँ आवासीय क्षेत्रका भवन परिसरहरूलाई बन्द गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x