बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा महानगरभित्र १९ किमी सडक कालोपत्रे गरिएको जनाएको छ ।
महानगर प्रमुख मानबहादुर जिसीले पूर्वाधार विकासतर्फ पहिलो प्राथमिकताका सडक र समपुरक अनुदान बजेटबाट गरी १९ किमी सडक कालोपत्रे गरिएको जानकारी दिए । उहाँका अनुसार पहिलो प्राथमिकताका १२ सडकमा १३ किमी सडक कालोपत्रे र ६० किमी बाटो ग्राबेल भएको छ । त्यसैगरी समपूरक अनुदान बजेटबाट १० किमी ग्राबेल र छ किमी कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ ।
चालु वर्षमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको महानगरले विभिन्न सडकलाई प्राथमिकताका आधारमा विभाजन गरेको थियो । हालसम्म ७० किमी ग्राभेल, नौ दशमलव ११ किमी बाटो ढलान, १२ किमी बाटो स्तरोन्नति, तीन दशमलव पाँच किमी नाला निर्माण, ४१ दशमलव पाँच किमी खानेपानी पाइपलाइन विस्तार गरिएको महानगरले जनाएको छ ।
त्यसैगरी ‘मेयर नमूना सडक’ अन्तर्गत वडा नं १७ को बिरौटादेखि तीनकुनेसम्म (आरटिओ)ं सडक र वडा नम्बर १० को राममार्ग सडक निमार्ण भइरहेको बताएको छ । महानगरले पहिलो प्राथमिकतामा राखेका सडकलाई चालु वर्षमा रु ७२ करोड ४० लाख ३८ हजार बजेट विनियोजन गरी यसै वर्ष सम्पन्न गर्ने लक्ष्य राखेको थियो । ती सडकमा हालसम्म ६० प्रतिशत भौतिक र ४८ दशमलव छ प्रतिशत वित्तीय प्रगति भएको बताइन्छ ।
मुख्य शहरी सडकको स्तरोनन्ति गर्ने क्रममा महानगर, पूर्वाधार कार्यालय कास्की र सडक विभागसँगको सहकार्यमा रु ४० करोड लागतमा ‘अस्फाल्ट कङ्क्रिट’ गर्नका लागि आवश्यक प्रक्रिया सम्पन्न भएर काम शुरू हुने चरणमा रहेको बताइन्छ । आव २०७६÷७७ मा आठवटा मोटरेबल पुलमध्ये वडा नं १६ को घोरकुना मोटरेबल, वडा नं १९ को भोटीखोला मोटरेबल पुल सम्पन्नको चरणमा पुगेका र अन्य पुलको भूमिगत संरचना तयार भएको छ ।
सिर्जना चोकस्थित आकाशे पुलको फाउन्डेसनको काम सम्पन्न भई स्टिल फ्रेब्रिकेसनको काम भइरहेको महानगरले जनाएको छ । भौतिक पूर्वाधारमा थप गुणस्तरीयता कायम गर्न सडक विज्ञको रुपमा छुट्टै प्राविधिक व्यवस्था गर्नुका साथै निर्माण सामग्रीको गुणस्तर कायम गर्नका लागि आफ्नै गुणस्तर मापन प्रयोगशाला सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...