बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
राष्ट्रिय धान दिवसको अवसरमा आज यहाँ आयोजित खाद्य सुरक्षाका लागि नवीकरणीय ऊर्जा प्रविधिको भूमिका विषयक वेबिनार गोष्ठीका सहभागी वक्ताहरुले कोभिड१९ पछि आउन सक्ने सम्भावित खाद्य सङ्कटबाट बच्न र युवा जनशक्तिलाई व्यावसायिक कृषि प्रणालीमा आकर्षित गर्न कृषिको आधुनीकीरणका लागि ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले आयोजना गरेको सो गोष्ठीमा कृषिको उत्पादन, प्रशोधन, भण्डारण र वितरणमा ऊर्जाको आवश्यकता रहने हुँदा यसको पहुँच विस्तार गरी परम्परागत कृषि प्रणालीलाई व्यावसायिक गर्न सकिएमा मात्रै सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य हासिल हुनसक्ने उनीहरुको भनाइ छ ।
कार्यक्रममा पूर्वमन्त्री जनार्दन शर्माले खाद्य सङ्कटलाई समाधान गर्न स्वदेशमा नै खाद्यान्न उत्पादन गर्नका लागि उपयुक्त प्रविधिहरु प्रयोग ल्याउनुपर्नेमा जोड दिँदै सिँचाइ सुविधा पुग्न नसकेका खेतीयोग्य भूमिमा ऊर्जाको माध्यमबाट पम्पिङ गरी खाद्यान्न उत्पादन वृद्धि गर्न सकिने धारणा राखे। उनले कोरोना भाइरसले उत्पन्न विश्वव्यापी आर्थिक सङ्कटका कारण रोजगारी गुमाएर स्वदेश फर्कने जनशक्तिलाई व्यवस्थापन गर्न पनि कृषि व्यवसायमा अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।
अर्का पूर्वमन्त्री गणेश साहले कृषि पेशालाई राज्यले सम्मानीत दृष्टि दिन सकेमा युवा पुस्ताको आकर्याण बढ्ने बताउँदै कृषिलाई ऊर्जासँग जोडेर अन्नबाली उत्पादनदेखि वितरणसम्म व्यावसायिक सोच राख्न सकिएमा किसानको जीवनस्तर उड्नसक्ने विश्वास व्यक्त गर्नुभयो । उनले गुणस्तरीय बिऊ, मलजस्ता सामग्रीको उपलब्धता, किसानको क्षमता अभिवृद्धिका लागि तालीम, अध्ययन–अनुसन्धान, सहज र सुलभ कर्जा उपलब्धताको उचित व्यवस्थापन गर्न सकिएमा निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषिमा जान सकिन्छ भने।
ऊर्जाविद् प्राडा जगन्नाथ श्रेष्ठले तराई, पहाड र उच्च पहाडी क्षेत्रमा समग्रमा १० लाख हेक्टर कृषियोग्य जमिन सिँचाइको सुविधा नभएकोले बाँझो रहेकाले सौर्य विद्युत पम्पिङ प्रणालीहरु जडान गर्नसकेमा उल्लेखनीय रुपमा खाद्यान्न उत्पादन वृद्धि गर्न सकिने धारणा राखे। कृषि उत्पादन सुकाउन, चिस्याउन, प्रशोधन गर्न नवीकरणीय ऊर्जाका विभिन्न उपयुक्त प्रविधि प्रयोग गरी खाद्य सुरक्षाको अवधारणालाई सफल तुल्याउन सकिने उनको भनाइ थियो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले सरकारका नीति र कार्यक्रमअनुसार केन्द्रले वायोग्यास, सौर्य पम्पिङजस्ता नवीकरणीय ऊर्जा प्रविधिमार्फत कृषिको आधुनिकीकरण र विपन्न जनताको जीवनस्तर अभिवृद्धिमा काम गर्दै आएको उल्लेख गरे। कृषिमा जैविक इन्धनको निर्भरता अन्त्य गरी नवीकरणीय ऊर्जाबाट उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण र खेर जाने कृषि अवशेषको पुर्नप्रयोग गर्न सकिने हुँदा यसतर्फ केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराए।
सो अवसरमा परिसङ्घका अध्यक्ष गुणराज ढकालले खाद्यान्न उत्पादन बढाई सबैका लागि खाद्य सामग्री पु¥याउन नवीकरणीय ऊर्जा प्रविधिको उपयोग गर्नुपर्ने र सोको लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ऊर्जाविद् डा इन्दिरा शाक्यले कृषि व्यवसाय सुदृढ गर्नका लागि नवीकरणीय उर्जा प्रविधिहरु परिचालन गर्ने क्रममा लैंगिक दृष्टिकोणले महिला, गरीब, अपाङ्ग र सीमान्कृत समुदायको भूमिकालाई उचित प्राथमिकता दिने गरी नीति निर्माण र कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
गोष्ठीमा नवीकरणीय ऊर्जा र कृषि क्षेत्रमा क्रियाशील रहँदै आउनुभएका मदन राई, बाबुराजा श्रेष्ठ, नवीन भुजेल, उत्तम सिटौला, विश्वप्रशन्न अमात्य, प्रदीप महर्जनलगायतका व्यक्तिहरुले पनि नवीकरणीय ऊर्जा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्षेत्रको रुपान्तरण गर्न सकिने धारणा राखे।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...