पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
असार १५, २०७७
कोरोनाभाइरसको महामारी शुरू भएसँगै नेपालमा लकडाउन जारी भएको सोमवार ९८ औं दिन पुगेको छ ।
यो दिनसम्म आउँदा मुलुकको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ भने कयौं जनशक्तिले रोजीरोटी गुमाउन बाध्य भएका छन् ।
कुन क्षेत्रमा कति गुम्यो ?
पर्यटन क्षेत्रमा असर
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदी कोरोना महाव्याधिका कारण सरकारले जारी गरेको बन्दाबन्दीका कारण पर्यटन व्यवसायमा १५ अर्ब बराबरको नोक्सान भएको बताउँछन् ।
लोकान्तरसँगको कुराकानीमा उनले टानसँग आबद्ध साढे तीन लाख मजदूर विस्थापित भएको जनाए ।
उनले भने, ‘लकडाउन भनौं या कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा करीब १५ अर्ब बराबरको नोक्सान भएको छ भने साढे तीन लाख मजदुर विस्थापित भएका छन् ।’
टानसँग आबद्ध व्यवसायीहरू पनि विस्थापित हुने क्रममा रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘राम्रो लक्षण देखिएको छैन, व्यवसायी पनि विस्थापित हुने क्रममा रहेका छन् ।’
टानसँग १९ सय ९० व्यवसायी आबद्ध छन् । जसमध्येबाट विस्थापित हुने क्रम शुरू भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
होटल क्षेत्रमा असर
चीनमा कोरोना महामारी शुरू भएदेखि नै मारमा परेको नेपालको होटल व्यवसाय सरकारले जारी गरेको बन्दाबन्दीका कारण पूरै बन्द भयो ।
यद्यपि अहिले केही होटललाई विदेशमा रहेका नेपाली उद्धार गरी राख्नका लागि क्वारेन्टीन र होल्डिङ सेन्टर बनाएर राखिएको छ । क्वारेन्टीन बनाइएका बाहेकका सबै होटल बन्द अवस्थामा हुँदा कारोबार ठप्प भएको होटल एसोसियसन अफ नेपाल (हान)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) टेक महत बताउँछन् ।
कोरोना महामारी र त्यसपछिको बन्दाबन्दीको मारमा परी निकै नै नोक्सान भएको उनले बताए ।
महतका अनुसार हानअन्तर्गत केन्द्रमा ३ सय ५० को हाराहारीमा होटलहरू रहेका छन्, जसमध्ये क्वारेन्टीन बनाइएका बाहेक सबै बन्द छन् । पर्यटकीय स्तरका होटलहरू बन्द हुँदा मुलुकको अर्थतन्त्रलाई नै ठूलो नोक्सान परेको उनी बताउँछन् । यससँगै क्षेत्रीय स्तरमा पनि हानका धेरै होटलहरू रहेका छन् । उनीहरूको अवस्था पनि उही छ ।
महत भन्छन्, ‘हाम्रो कारोबार पूरै नेगेटिभ छ, पहिलाको व्ययभारहरू पनि छ । बैंकिङ भार, ऋणहरू धेरै रहेको छ ।’
साना होटलहरू, धेरै पर्यटकीय स्तरका होटलहरूको घरभाडा व्यवस्थापनका समस्या भएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘एभरेजमा एउटा होटल सञ्चालनका लागि अकुपेन्सी ४० प्रतिशतभन्दा बढी हुनुपर्छ, नत्र होटल बन्द नै रहन्छन् । कारोबारको के कुरा गर्नु !’
सार्वजनिक यातायातमा असर
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य बन्दाबन्दीका कारण यातायात सेवा बन्द हुँदा अर्बौंको नोक्सान भएको बताउँछन् ।
उनले चालक, सहचालक लगायतका करीब १० लाख मजदुरहरू अहिले समस्यामा परेको बताए ।
उनले भने, ‘लकडाउनका कारण साढे तीन लाख सार्वजनिक यातायात थन्किएका छन्, देशभरका २ सय ९४ वटा यातायात व्यवसायीको संस्थामा काम गर्ने कर्मचारीसहित आश्रित परिवार ४१ लाख हाराहारीमा रहेका छन् । यातायात सेवा सुचारू नहुँदा ४१ लाख परिवारको भविष्यमा प्रश्न चिह्न उठेको छ ।’
निर्माण क्षेत्रमा असर
जारी बन्दाबन्दीका कारण निर्माण क्षेत्रमा पनि नराम्रो प्रभाव परेको सरोकारवालाहरू बताउँछन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सरकारले बन्दाबन्दी खुलाएपनि सामान्य अवस्थामा व्यवसायमा फर्कन मंसिर पर्खनुपर्ने बताउँछन् । सार्वजनिक यातायात राम्रोसँग सञ्चालनमा नआएसम्म बाहिर रहेका मजदुरहरू फर्कन नसक्ने उनको भनाइ छ ।
लोकान्तरसँग अध्यक्ष सिंहले भने, ‘लकडाउन पूर्ण रूपमा खुलेको छैन, अब वर्षा पनि शुरू हुन थालिसक्यो । जसका कारण हामी काममा फर्कन त मंसिर लाग्छ ।’
उनले लकडाउन खुकुलो हुँदा पनि सामग्री ढुवानी तथा मजदूर काममा फर्कन नसकेकाले काम रोकिएको बताए । उनका अनुसार जारी बन्दाबन्दीमा हालसम्म निर्माण व्यवसायमा करीब ६५ अर्ब रुपैयाँ नोक्सानी भएको छ भने यसबाट १५ लाख मजदुरहरू प्रभावित भएका छन् । उनी भन्छन्, ‘१० लाख नेपाली तथा ५ लाख भारतीय मजदूर निर्माण व्यवसायमा संलग्न छन्, लकडाउनले उनीहरूलाई प्रभावित बनाएको छ ।’
महासंघमा आबद्ध निर्माण व्यवसायीहरूले ३ सय ४१ अर्ब ऋण तिर्नुपर्ने अवस्था छ ।
उद्योग क्षेत्रमा असर
बन्दाबन्दी जारी भएसँगै उद्योगधन्दा सबै बन्द हुँदा अर्थतन्त्र निकै नाजुक बनेको छ, यद्यपि सरकारले लकडाउन केही खुकुलो बनाएपछि उद्योगधन्दाहरू बिस्तारै चल्न शुरू भएको छ
। बन्दाबन्दीले निकै प्रभावित भएको उद्योगधन्दा अहिले २५ देखि ३० प्रतिशतसम्म मात्र सञ्चालनमा आएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन् । सरकारले लकडाउन खुकुलो बनाएसँगै उद्योगधन्दा केही प्रतिशत सञ्चालनमा आएपनि पूर्ण सञ्चालनमा आउन भने समय लाग्ने उनले बताए ।
बन्दाबन्दीका बीच उद्योगधन्दा सञ्चालनमा आएपनि त्यहाँसम्म ग्राहक पुग्न सकेका छैनन् ।
अहिले खाद्यान्न पसलहरूमा ग्राहकको भीड बाक्लो लागेपनि अन्य उद्योगमा त्यस्तो नरहेको वरिष्ठ उपाध्यक्ष गोल्छाको भनाइ छ ।
उनले असार मसान्तसम्ममा कर चुक्ता गर्नुपर्ने लगायतका कारण पनि अहिले उद्योगी व्यवसायीलाई चुनौती रहेको बताए ।
लोकान्तरसँग उनले भने, ‘असार मसान्त पनि रहेकाले धेरै कुरा मिलाउन हामीलाई चुनौती छ ।’
‘पूर्ण बन्दाबन्दीका समयमा ८५ देखि ९० प्रतिशतसम्म कारोबार बन्द भएको थियो’, उनले थपे, ‘अहिले भने कारोबार बिस्तारै बढ्दै जाने क्रम शुरू भएको छ ।’
महासंघले बन्दाबन्दीका कारण उद्योग ठप्प हुँदा करीब १५ लाख जनशक्ति बेरोजगार भएको प्रारम्भिक अनुमान यसअघि नै निकालिसकेको छ ।
उड्डयनमा अर्बौं नोक्सान
बुद्ध एयरका बजार व्यवस्थापक रुपेश जोशीका अनुसार बुद्ध एयरले महिनामा ६० देखि ६५ करोडको आय गर्दथ्यो, तर अहिले त्यो आय शून्य अवस्थामा छ । महिनामा ८/९ करोडको हाराहारीमा घाटा भएको उनले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले सामान्य अवस्थामा प्रतिदिन करीब ४ सय ५० को हाराहारीमा आन्तरिक तथा बाह्य उडान हुने गरेपनि अहिले बन्दाबन्दीको समयमा जम्मा १ सय २० उडान मात्रै भएको लोकान्तरलाई जानकारी दिए । सामान्य अवस्थामा १ दिनमा हुने बराबरको उडान लकडाउनको ३ महिनाको अवधिमा पनि नभएको उनको भनाइ छ ।
उनले भने, ‘लकडाउनको समयमा उडानहरू धेरै नै घटेका छन् । आन्तरिक र बाह्य गरी प्रतिदिन करीब १ सय २० उडान मात्रै भएका छन् ।’
उनका अनुसार, गत वर्ष आन्तरिक र बाह्य दुवैतर्फ करीब ७० लाखभन्दा बढी यात्रुहरू आवतजावात गरेका थिए ।
यद्यपि बन्दाबन्दीका समयमा करीब २० हजारको हाराहारीमा मात्रै यात्रुहरूको आवतजावत भएको छ ।
सामान्य अवस्थामा प्राधिकरणले मासिक करीब ७० करोडदेखि ९० करोडसम्म आम्दानी गर्ने गरेको थियो, यद्यपि अहिले बन्दाबन्दीको समयमा आम्दानी करीब १ करोडको हाराहारीमा रहेको प्रवक्ता क्षेत्रीले लोकान्तरलाई बताए ।
बन्दाबन्दीको ३ महिना बित्दा पनि सार्वजनिक भएन सरकारी तथ्यांक
नेपालमा कोभिड– १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी गरेको थियो ।
सो बन्दाबन्दी (समाचार तयार पार्दासम्म) अहिले ९८ औं दिनमा प्रवेश गरेको छ ।
यसबीचमा सरकारले आगामी आर्थिक वर्षको बजेट (जेठ १५ गते) सार्वजनिक गरिसकेको छ ।
विभिन्न महत्वपूर्ण क्षेत्रमा बजेट विनियोजन गरिएपनि सरकारले कोरोना महामारीका कारण कुन–कुन क्षेत्र कति प्रभावित भएका छन्, वा कस्तो असर परेको छ भन्नेबारे कुनै पनि तथ्यांक सार्वजनिक गरेको छैन ।
तथ्यांक सार्वजनिक गर्ने जिम्मा पाएको राष्ट्रिय योजना आयोग सबै मन्त्रालयहरूले प्रतिवेदन बुझाई नसकेको हुँदा तथ्यांक संकलनमा ढिलाइ भएको बताउँछ, यद्यपि आयोगले यसबारे अध्ययन भइरहेको बताएको छ ।
अध्ययन समितिका संयोजक रामकुमार फुँयालले लोकान्तरसँग भने, ‘हामी अध्ययनकै क्रममा छौं । असार मसान्तभित्रमा सरकारलाई प्रतिवेदन बुझाउँछौं ।’
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...