×

NMB BANK
NIC ASIA

नेपाल-भारत सीमामा बस्नेहरूले भोगिरहेछन् विभिन्न समस्या

असार १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल र भारतबीच बढिरहेको तनावका कारण सीमावर्ती क्षेत्रका मानिसहरू समस्यामा परेका छन् । 

Muktinath Bank

दुवै देशले सुरक्षालाई मद्देनजर गर्दै सीमामा सेना तैनाथ गरेका छन् । सीमामा बस्ने अनेकौं मानिसका नातेदार सीमापारि बस्छन् । उनीहरूलाई भेटघाट गर्न गाह्रो परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुन १३ मा बिहारको सीतामढीमा अचला नामक महिल सीमा पार गरेर आमाबुवालाई भेट्न नेपाल आएकी थिइन् । भेटघाटप्रति नेपाली प्रहरीले आपत्ति जनायो । अनि गाउँलेहरूबीच झगडा भयो र गोली समेत चल्यो । 


Advertisment
Nabil box
Kumari

गोली लागेर जानकीनगरका बिकेश कुमारको मृत्यु भयो भने दुईजना घाइते भए । 
 

Vianet communication
Laxmi Bank

अचला भन्छिन्, ‘म आमाबुवालाई भेट्न आउँदा यस्तो झडप हुन्छ भन्ने थाहा पाएको भए भेट्नै आउँदिनथिएँ । मैले उहाँहरूलाई राम्ररी भेट्न पनि पाइनँ । प्रहरीले लट्ठी हान्न थाल्यो । हामी ज्यान बचाएर भाग्नुपर्‍यो ।’
 

अचलाको सानो बच्चा छ । उनी भन्छिन्, ‘मैले छोरो हेर्नका लागि हजुरबुवा हजुरआमालाई सीमामा बोलाएका थिए । सीमामा भेट्ने निश्चित भएको थियो । प्रहरीले अनुमति पनि दिएको थियो तर एकछिनमा प्रहरीले हामीलाई हटायो ।’

यस घटनापछि सीमावर्ती मानिसहरूमा डरको वातावरण छ र नातेदारहरूसँग भेट्न हिचकिचाइरहेका छन् । 

झडप तथा गोलीकाण्डपछि गाउँमा तनावको स्थिति छ । तर सशस्त्र सीमा बल र सीतामढी प्रहरीको सक्रियताका कारण फेरि हिंसा भएको छैन ।

सीतामढी प्रहरीका अधीक्षक अनिल कुमार भन्छन्, ‘लकडाउन उल्लंघनको घटना थियो त्यो । तर यताका मानिसले भीड गरेर नेपालको सशस्त्र प्रहरीसँग झगडा गरे । झगडा गरेको ठाउँ नेपाल सीमाभित्र पर्छ । अर्थात् हाम्रा मानिसले नो म्यान्स ल्यान्ड पार गरेका थिए ।’

नेपाली प्रहरीले अचलाका ससुरा लगन रायलाई कुटपिट गरेको आरोपमा सीतामढी एसपी भन्छन्, ‘लगन राय आएपछि हामीले मेडिकल चेकअप गराएका थियौं । कुनै गम्भीर समस्या देखिएन । त्यसपछि उनलाई घर जान दिइयो ।’

एसपी अनिल कुमारले भने, ‘तनाव त छ तर शान्ति छ । हामी स्थानीयहरूलाई उता जान रोकिरहेका छौं । प्रहरीले सीमावर्ती गाउँमा लगातार गश्ती गरिरहेको छ ।’

नेपालको सशस्त्र प्रहरीका प्रमुख नारायणबाबु थापाले भने, ‘भारतीयहरूले भीड बनाएर प्रहरीमाथि आक्रमण गरेका थिए । उनीहरूले हाम्रा जवानको हतियार पनि खोसे । हामीले पहिला दस राउन्ड हवाई फायर खोल्यौं अनि आत्मरक्षाका लागि ओपन फायरिङ पनि गर्नुपर्‍यो ।’

सीमावर्ती क्षेत्रमा बस्ने शम्भु भन्छन्, ‘घटनापछि दुवैतर्फ आक्रोश छ । लकडाउन चलिरहँदा पनि हामी नेपालतिर जान्थ्यौं किनकि त्यतातिर हाम्रो खेत छ र नातेदारहरू बस्छन् । तर विगत १५ दिनदेखि कोही पनि आवतजावत गरिरहेको छैन । उताका मान्छे अर्को देशका निवासी हुन् भन्ने पहिलोपटक अनुभव भएको छ । यसअघि यस्तो अनुभव हामीलाई भएको थिएन ।’

शम्भुकी आमा र काकी नेपालमा बस्छन् । उनी भन्छन्, ‘मेरो कुरा मात्र हैन, यहाँको प्रत्येक परिवारको सम्बन्ध नेपालसँग जोडिएको छ । तर हामीले नातेदार भेट्न नपाएको स्थिति कहिल्यै थिएन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x