×

NMB BANK
NIC ASIA

हत्या अभियोगमा सासु-ससुरा र नन्द पक्राउ, हत्या गरेर घटनालाई 'आत्महत्या' बनाउन खाेजेकाे खुलासा

असार १५, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित सूर्यचोकमा​ एक महिलाकाे हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन्।

Muktinath Bank

२४ वर्षीया सुस्मिता क्षेत्री थापाको हत्या गरेकाे आराेपमा स्थानीय प्रहरीले मृतकका ससुरा प्रकाश थापा, नन्द सीता थापा, सासु तुलसा थापा र जेठीनन्द दुर्गा थापा कार्कीलाई पक्राउ गरेकाे हाे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुस्मिता आफ्नै घरको भान्सा कोठाभित्र असार २ गते बिहान मृत अवस्थामा फेला परेकी थिइन्।


Advertisment
Nabil box
Kumari

घटनाको अनुसन्धान गर्ने क्रममा मृतकका ससुरा प्रकाश र नन्द सीताले पटक पटक काठको लौरो र ढुङ्गाको लोहोरोले सुस्मितामाथि प्रहार गरी हत्या गरेको, बाबुछोरीले घटनास्थललाई आत्महत्या जस्तो देखाउनको लागि भान्छा कोठाभित्र बिग्रिएका सबै चिजबस्तु यथास्थानमा मिलाएर राखेको, सासू तुलसा थापाले फुटेका सिसाका टुक्राहरु प्लाष्टिकका छोलामा हाली बरन्डामा राखेको तथा असार २ गते बिहान प्रकाशले छिमेकमा गई बुहारीले भान्छा कोठामा आत्महत्या गरेको भनी जानकारी गराएको अनुसन्धानबाट खुल्न आएकाे प्रहरीले जनाएकाे छ। 

Vianet communication
Laxmi Bank

कपिलवस्तुस्थित ससुरालीबाट मोटरसाइकलमा फर्कने क्रममा नवलपरासीको दाउन्नेमा सुस्मिताका श्रीमान रूपेन्द्र थापाको ०७६ असोज २३ गते सवारी दुर्घटनामा परी मृत्यु भएको थियो।

उनको मृत्युको दोष सुस्मितालाई दिई पारिवारका सदस्यहरुबाट पटक पटक आक्षेप लगाई मानसिक तनाव दिने गरेको, ससुरा प्रकाश थापाले सुस्मितालाई जबरजस्ती करणी उद्योग गरेको तथा रुपेन्द्र थापाको सवारी दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्ति बापत पाउने रकम, निजको कार्यालयबाट भुक्तानी लिने रकम, सामाजिक सुरक्षा कोषबाट पाउने रकम र बीमा रकम समेतका सबै रकम ससुरालाई दिनुपर्छ भनी परिवारबीच आपसी-विवादको कारण सुस्मितालाई दवाव दिने गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x