×

NMB BANK
NIC ASIA

कोरोना कहर : लाखौँ सिरियालीहरू भोकमरीको सङ्घारमा

असार १५, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

कोरोनाको कारण आवागमनमा लगाइएका प्रतिबन्धका कारण सहयोगको भरमा बाँचिरहेका लाखौँ सिरियालीहरू अहिले भोकभोकै बस्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन्। 

Muktinath Bank

सिरियाका विभिन्न स्थानमा शरणार्थी शिविरमा रहेका उनीहरूको अवस्थाबारे नर्वेको शरणार्थी काउन्सिल, अक्सफाम लगायतका अन्य संघसंस्थाले हस्ताक्षर गरेको विज्ञप्तिमा यस्तो चेतावनी दिइएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“लगभग एक दशकको युद्ध र विस्थापनको सामना गरिसकेका सिरियालीले अहिले अकल्पनीय भोकमरीको सामना गरिरहेका छन्, लाखौं मानिस कोभिड–१९ को महामारीका कारण भोकै पर्ने स्थिति आएको छ। सिरियामा करिब ४२ प्रतिशत नागरिक खाद्य असुरक्षाबीच बाँच्नु परेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ भने कोरोनाका कारण सिरियामा सहयोगको अपेक्षामा रहेका नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।


Advertisment
Nabil box
Kumari

 “कोभिड–१९ का प्रतिबन्धहरू, सिरियन पाउण्डमा आएको गिरावट र लाखौं मानिस विस्थापित भएको कारण ठूलो सङ्ख्यामा सिरियाली नागरिकहरू पेटभरी खाना खान पाइरहेका छैनन्,” विज्ञप्तिमा भनिएको छ । रकम र मानवीय पहुँचमा वृद्धि नगरेसम्म यस क्षेत्रका शरणार्थीहरुसहित धेरै सिरियालीहरु भोकमरीको नजिक पुगेका छन् ।

Vianet communication
Laxmi Bank

सिरियामा नौ बर्षको युद्धका कारण उनीहरूलाई निराशा र विनाशको घुमाउरो मैदानमा परेका छन् जुन हरेक बर्ष बिगिरहेको छ।  “यसकारण पहिलेभन्दा बढी अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको छ ।  “८० प्रतिशत सिरियाली दिनहुँ १.२५ अमेरिकी डलरभन्दा कम रकमका भरमा बाँच्दछन् तर केही हप्तादेखि यहाँ पाउरोटीको मूल्य दोब्बर बढेको छ,’ रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सोमबार भनेको छ ।

 रेडक्रसका अनुसार अहिले करिब ५० प्रतिशत सिरियालीहरूसँग दिनहुँ खानको लागि पर्याप्त मात्रा छैन ।

सिरियाली युद्ध नौ बर्ष भन्दा बढि तानिएको छ । सिरियामा यो अवधिमा तीन लाख ८० हजारभन्दा बढी मानिस मारिएका र दुई करोड सिरियाली आन्तरिक वा बाह्य रूपमा विस्थापित बनेका छन् । यो सिरियामा द्वन्द्व सुरू हुनुपूर्वको झण्डै आधा जनसङ्ख्या हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x