×

NMB BANK
NIC ASIA

असारमा नदीजन्य पदार्थको गैरकानूनी उत्खनन्, सरकारी ठेक्काधारीलाई कमाउनमै ध्यान

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

असार १ गतेदेखि धनुषासहित देशभर नै नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको छ तर पनि विभिन्न जिल्लामा ठेकेदारहरूले नदीजन्य पदार्थको उत्खनन् गर्ने तथा बिक्रीवितरण गरेर रोयल्टी असूल गर्ने काम गरिरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

धनुषाको धनुषाधाम नगरपालिकामा पर्ने नदी र खोलाबाट नदीजन्य पदार्थ ग्राभेल उत्खनन् गरेर बिक्री वितरण गर्ने गरिएको छ । धनुषाधाम नगरपालिकामा धनुषा बाबा कन्स्ट्रक्सन कम्पनीले असारमा पनि नदीबाट ग्राभेल उत्खनन् गरेर बिक्री गर्दै रोयल्टी उठाइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कन्स्ट्रक्सन कम्पनीले रोयल्टी लिने गरेको बिल लोकान्तरलाई प्राप्त भएको छ । असार ७ गते हरिनारायण यादवले धनुषाधामदेखि यदुकोहासम्म १ ट्रिप ग्राभेल लगेबापत १ हजार ६०० रुपैयाँ रोयल्टी ठेकेदारलाई बुझाएका छन् ।


Advertisment
Nabil box
Kumari

असार ७ गते नै शैलेन्द्र साहले धनुषाधामदेखि पुरन्दाहासम्म १ ट्रिप ग्राभेल लगेबापत कन्स्ट्रक्सन कम्पनीलाई २ हजार २०० रुपैयाँ रोयल्टी बुझाएका छन । असार ८ गते फेरि शैलेन्द्र साहले नै धनुषाधामदेखि किसानपुरसम्म टिप्परमा १ ट्रिप ग्राभेल लगेबापत २ हजार २०० रुपैयाँ बुझाएका छन् ।

Vianet communication
Laxmi Bank

असारदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खननमा स्थानीय प्रशासनले रोक लगाएको भए पनि ठेकेदारहरूले गैरकानूनी तरिकाले ग्राभेल, गिट्टी, वालुवाजस्ता पदार्थ नदीबाट उत्खनन् गरेर बिक्री वितरण गर्दै आएका छन् । असोज १ गतेदेखि जेठ मसान्तसम्मका लागि मात्र स्थानीय पालिकाले नदीजन्य पदार्थको उत्खनन् गर्न ठेक्का लगाउने गर्छन् तर असारमा पनि ठेकेदारले गैरकानूनी तरिकाले उत्खनन् गरेर बिक्री गर्दै रोयल्टी उठाउने गरेका छन् ।

‘गैरकानूनी तरिकाले रोयल्टी उठाइरहेको भन्ने गुनासो आएको छ,’ धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले भने, ‘त्यस्तो काम असार १ गतेदेखि भदौ मसान्तसम्म नगर्न भनेर लिखित पत्रमार्फत नै जानकारी गराइसकेको छु ।’ अब छिट्टै अनुगमन गरेर कारबाही गरिने उनले बताए ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवले पनि आफू कहाँ लिखित उजुरी नै आएको स्वीकारे । ‘अब बस्ने अनुगमन समितिको बैठकबाट उजुरीमाथि छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउने छौं,’ यादवले भने, ‘जिल्लाका १८ वटै स्थानीय तहमा असारदेखि भदौ मसान्तसम्म गैरकानूनी कार्यलाई रोक लगाउन पत्राचार समेत गरिसकेका छौं ।’ गैरकानूनी काम गर्ने ठेकेदारलाई जरिवाना गर्न सकिने उनले बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोशहरी निरौलाले कहीँकतै त्यस्तो काम भइरहेको छ भने रोयल्टी बुझेको रकम फिर्ता गराउन स्थानीय पालिका प्रमुखलाई भनिएको बताए । ‘गृह मन्त्रालयको निर्देशन अनुसार प्रत्येक वर्ष असारदेखि भदौ मसान्तसम्म त्यस्तो काममा रोक लगाउने गरिन्छ,’ सीडीओ निरौलाले भने, ‘समितिको बैठक बसेर त्यस्तो विषयबारे के कस्तो कारबाही गर्नेबारे निर्णय गर्नेछौं ।’

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवको संयोजकत्वमा असार १ गते बसेको नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन तथा वितरण सम्बन्धी प्रक्रियाको लागि अनुगमन समितिको बैठकबाट भदौ मसान्तसम्मको लागि उत्खनन्मा रोक लगाएको छ । नदीजन्य पदार्थको उत्खनन् कार्यमा पूर्णरोक लगाउने निर्णय गर्नुका साथै निर्णय विपरीत कुनै पनि व्यक्ति, संघसंस्थाले नदीजन्य पदार्थ उत्खनन् गरेको पाइएमा नियन्त्रणमा लिएर कानून बमोजिम कारबाही गर्ने निर्णय समेत गरिएको थियो ।

समितिको बैठकमा समन्वय समितिका उपप्रमुख दीपककुमार झा, समितिका सदस्यहरू धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीसहित सुरक्षा निकायका प्रमुखको समेत उपस्थितिमा निर्णय गरिएको थियो । असारदेखि वातावरणमा प्रतिकूल असर पर्ने कारण प्रत्येक वर्ष ३ महिनाका लागि उत्खनन् गर्न स्थानीय प्रशासनले रोक लगाउने गर्छ तर पनि ठेकेदारले लुकीछिपी उत्खनन् गरेर पैसा कमाउने गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x