×

NMB BANK
NIC ASIA

कोरोना नियन्त्रण गर्न आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा रकम पठाउन संसदीय समितिको निर्देशन

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य र समन्वय गरी कोभिड- १९ संक्रमण नियन्त्रणका लागि आवश्यकताका आधारमा रकम विनियोजन गर्न सरकारलाई निर्देशन दिएको छ ।

Muktinath Bank

संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी समेत उपस्थित समितिको मंगलवारको बैठकले प्रदेश र स्थानीय तहलाई स्थानीय स्रोत साधनको अवस्था, भौगोलिक विकटता र संक्रमितको संख्या समेतलाई आधार मानी रकम विनियोजन गर्न निर्देशन दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश र स्थानीय तहको समन्वयमा सञ्चालित क्वारेन्टीन र आइसोलेसन सेन्टरहरूको सञ्चालन आदि कार्यको सम्बन्धित निकायबाट नियमित अनुगमन गर्न पनि निर्देशन दिएको समिति सभापति दिलकुमारी रावल थापा 'पार्वती'ले लोकान्तरलाई जानकारी दिइन् ।


Advertisment
Nabil box
Kumari

साथै राजधानी काठमाडौं उपत्यका प्रवेश गर्न चाहने बिरामी, कर्मचारी र व्यवसायीलाई सहज र सरल रूपमा प्रवेश गर्न दिन समितिको निर्देशन छ ।

Vianet communication
Laxmi Bank

बैठकमा सांसदहरूले क्वारेन्टीनहरूको अवस्था राम्रो नभएको लगायतका विषयमा प्रश्न उठाएका थिए ।

जवाफमा मन्त्री त्रिपाठीले सकेसम्म राम्रो व्यवस्थापन गर्न प्रयास भइरहेको बताए । 'हाम्रो स्रोत साधनले भ्याएसम्म राम्रो गर्ने प्रयास गरिरहेका छौं,' मन्त्री त्रिपाठीले भने ।

कोरोना नियन्त्रणका लागि संघीय सरकारले स्थानीय तहमा बजेट पठाएको उल्लेख गर्दै मन्त्री त्रिपाठीले समानीकरण अनुदानको रकम तथा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम (सांसद विकास कोषको) रकम पनि कोरोना कोषमा जम्मा गरी खर्च गर्न सकिने व्यवस्था गरेको बताए ।

अर्को फरक प्रसङ्गमा मन्त्री त्रिपाठीले कर्मचारीको वृत्ति विकासप्रति सरकार गम्भीर रहेको बताए ।

निजामती ऐनमा गरिन लागेको नयाँ व्यवस्थाले आफूहरू बढुवा हुने अधिकारबाट वञ्चित हुने अवस्था आएको भन्दै नायब सुब्बाहरू आन्दोलित छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x