त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठन, वार्षिक परीक्षा सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालयले लकडाउनका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ।

त्रिविका  शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा गठन भएकाे कार्यदलले सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिने छ।


Advertisement

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका आधारमा सेमेष्टर परीक्षाबारे निर्णय गर्ने बताए। 

कोभिड १९ को कारणले त्रिविको स्नातक तहको दोस्रो, चौथो तथा  स्नातकोत्तर तहको दोस्रो र  चौथो सेमेष्टरको परीक्षा स्थगित भएको थियो । 


Advertisement

उनले वार्षिकअन्तर्गतका परीक्षा भने स्थिति सामान्य भएपछि सञ्चालन गरिने जानकारी दिए। परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेकोले लकडाउन हटेपछि नियमित परीक्षा गरिने बताए। ‘'अहिले सबै विद्यार्थी घर गएका छन् । बन्दाबन्दी खुलेर यातायात सहज भएपछि विद्यार्थी आउने वातावरण हुन्छ,’ उनले भने, '‘अनि विद्यार्थीलाई केही समय बाँकी राखेर पुनः परीक्षाको कार्यतालिका सार्वजनिक गर्नेछौँ ।’ त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगित गरेको थियो। 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्