माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सरकारले लकडाउन केही खुकुलो बनाउँदै निजी प्लेटका सवारीसाधनलाई ३–४ जना राखेर हिँड्न दिए पनि ट्याक्सी चलाएरै बिहान–बेलुकीको जोहो गर्ने ट्याक्सी व्यवसायीलाई भने मानिस राखेर हिँड्न रोक लगाएपछि सयौं ट्याक्सी व्यवसायी एकैपटक आन्दोलनमा उत्रिएका छन् ।
मंगलबार उनीहरूले राजधानीका सडकमा एकैपटक ३०० ट्याक्सी तेस्र्याउँदै भने, ‘रोगभन्दा भोकले मर्ने अवस्था आयो, काम गरेर खान देऊ सरकार ।’
ट्याक्सी लिएर सडक संघर्षमा उत्रिएका उनीहरूले बैंक तथा फाइनान्सले गाडी खोस्ने अवस्था आएको भन्दै अब बिहान–बेलुकी खान धौ धौ पर्ने स्थिति आएको बताए । उनीहरूले रातो प्लेटको निजी सवारीमा कोरोना नसर्ने, कालो प्लेटमा मात्र सर्ने यो कस्तो रोग हो सरकार भन्दै थप गुनासो पोखे ।
प्रदर्शनीमा सहभागी अधिकांशले ट्याक्सी अन्य सार्वजनिक सवारी साधनको तुलनामा निकै सुरक्षित हुने दाबी गरे । उनीहरूले यसमा अन्य सवारीसाधनमा जस्तो धेरै मानिसहरू चढ्न नमिल्ने, एउटै परिवारका मात्र चढ्ने, बीचमा कतै नरोकी गन्तव्यमा सिधै पुर्याउने भएकाले कोरोना फैलिने जोखिम एकदमै न्यून हुने दाबी गरेका छन् । उनीहरूले आपूmहरूले सुरक्षाका सबै विधि अपनाएर ट्याक्सी चलाउने प्रतिबद्धता जनाए पनि सरकारले अनुमति नदिएको भन्दै आक्रोश पोखे । ट्याक्सी व्यवसायीले अब जोर–बिजोर प्रणालीका आधारमा भए पनि आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।
यसअघि धेरैपटक लामो समयदेखि जारी लकडाउनका कारण आपूmहरूले भोग्नुपरेका समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै उनीहरूले मंगलवार यातायात व्यवस्था विभाग घेराउ गरे ।
ट्याक्सी चालक एवं व्यवसायीले सरकारलाई थप दबाब दिन विभागअघि ट्याक्सीको बाक्लो भीड प्रदर्शन गर्दै विरोध जनाएका हुन् । त्यहाँ अखिल नेपाल ट्याक्सी मजदुर संघ र उपत्यका ट्याक्सी स्वरोजगार संघले सयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।
यसअघि नै ट्याक्सी व्यवसायीले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालसँग भेट गरी एक सूत्रीय माग सहितको ज्ञापनपत्र बुझाएका थिए । विभागका महानिर्देशक हमालले सरकारले गरेको निर्णयविपरीत आपूmहरूले केहि गर्न नसक्ने बताए । नेपाल यातायात मजदुर संघ बाग्मती प्रदेशका अध्यक्ष जगन्नाथ गौतमले हालसम्म ज्ञापनपत्रको कुनै सुनुवाइ नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको बताए । उनले गत १ असारबाट लकडाउन केही खुकुलो भएसँगै ट्याक्सी सञ्चालन गर्न दिनुपर्ने माग राख्दा कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको जनाए ।
हाल निजी सवारीसाधन र मोटरसाइकल जोर–बिजोर प्रणालीमा चल्न दिँदा ट्याक्सी चाहिँ किन चल्न नदिएको बुझ्न सकिएन भन्ने प्रतिप्रश्न गर्दै गौतमले भने, ‘बिरामी ओसार्नका लागि एम्बुलेन्ससरह प्रयोग हुने ट्याक्सी निजी सवारी साधनभन्दा पहिले सञ्चालन हुन दिनुपर्नेमा अझै चल्न नदिनु सरकारको कमजोरी हो ।’ उनले सरकारको यस्तो कार्यले अहिले विभिन्न रोगले थलिएका बिरामी एवं आफ्नो निजी सवारी नभएका धेरैले निकै पीडा भोग्नुपरेको बताए । ट्याक्सी व्यवसायी र मजदुरलाई मात्र नभएर आम सर्वसाधारणले पनि निकै कष्ट भोग्नुपरिरहेको उनको दाबी छ ।
ट्याक्सी व्यवसायी श्रीकृष्ण श्रेष्ठले पनि कोरोना भाइरस संक्रमण फैलिनबाट बच्ने उपायका लागि सक्दो प्रयास गरी आफ्नो व्यवसाय सञ्चालन गर्न खोज्दा सरकारबाटै अवरोध भएकाले अब आपूmहरू बाँच्न नसक्ने अवस्थामा पुगेको बताए । उनले यति धेरै समयसम्म ट्याक्सी ग्यारेजमा थन्क्याएर राख्नुपर्दा अहिले बैंक तथा फाइनान्सबाट लिएको ऋणको किस्ता बुझाउन र दैनिक घरखर्च चलाउन पनि निकै कठिन भइरहेको बताए । राजधानी दैनिकमा खबर छ ।
ट्याक्सीसहित आन्दोलनमा सहभागी गौतम र श्रेष्ठ त प्रतिनिधि पात्र मात्र हुन् । अहिले मुलुकभरका सम्पूर्ण भाडाका यातायात व्यवसायी र मजदुरको समस्या उस्तै छ । ट्याक्सी लिएर सडक संघर्षमा उत्रिएकाहरूले ‘बैंक तथा फाइनान्सले गाडी खोस्ने अवस्था आयो सरकार † राज्यको दोस्रो एम्बुलेन्सको दर्जामा रहेको अत्यावश्यक सवारी ट्याक्सी सञ्चालन गर्न देऊ, रोगले भन्दा भोकले मर्ने अवस्था आयो सरकार काम गरिखानदेऊ, रातो प्लेटको निजी सवारीमा कोरोना नसर्ने, कालो प्लेटमा मात्र सर्ने यो कस्तो रोग हो सरकार ? लेखिएका प्लेकार्ड ट्याक्सीमा टाँसेर र हातमा बोकेर विरोध जनाएका थिए ।
उनीहरूले लकडाउनमा सरकारद्वारा आफूहरूलाई कुनै राहत नदिएको भन्दै गुनासो गरे । कर पनि मिनाहा नभएको र किस्ता तिर्ने अवधि पनि थप नभएपछि आफूहरू निकै मारमा परेको ट्याक्सी व्यवसायीको गुनासो छ । लामो समयको लकडाउनका कारण आम्दानीको स्रोत पनि बन्द भएपछि दैनिक छाक टार्न पनि मुस्किल भएको उनीहरूको भनाइ छ । सरकारले ट्याक्सी व्यवसायीको पक्षमा कुनै कदम नचाले अब ट्याक्सीको चाबी यातायात व्यवस्था विभागलाई बुझाउने तयारीमा आपूmहरू रहेको उनीहरूले बताए ।
यस्तै अवस्था रहेमा केही व्यवसायी त आत्महत्या गर्ने अवस्थामा पुगिसकेको उनीहरूको दुखेसो छ । अब रोग, भोक र तनावले मानसिक सन्तुलन गुम्ने स्थिति आइसक्यो भन्दै उनीहरूले दिनभर कमाएर बेलुका बाँच्नुपर्ने मान्छेलाई राज्यले अलिकति पनि सहयोग नगर्नु राम्रो नभएको बताइरहेका छन । सरकारले ट्याक्सी सञ्चालनको वातावरण नबनाइदिए गाडी, घर, जग्गा सबै बैंकले लिलाम गर्ने अवस्था भइसक्यो भन्दै उनीहरूले यस्तो अवस्थामा रोगले मरिन्छ भन्दा पनि भोकले मर्ने चिन्ताले आपूmहरू सडकमा निस्कनुपरेको बाध्यता सुनाए ।
केही समयअघि ट्याक्सी चालकलाई परिचयपत्र वितरण गर्दा देशका विभिन्न सहरमा करिब २० हजार ट्याक्सी चालक रहेको पाइएको नेपाल यातायात मजदुर संघ बाग्मती प्रदेशका अध्यक्ष गौतमले जानकारी गराए । ती २० हजार ट्याक्सी चालकको कमाइमा आश्रित प्रतिपरिवार ५ जनाका दरले हिसाब गर्दा पनि न्यूनतम १ लाख जनाले भोकै बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ । सो संघका अनुसार काठमाडांै उपत्यकामा मात्रै हाल ११ हजार भाडाका ट्याक्सी रहेका छन् । यी सबैले अत्यावश्यक अवस्थाका विरामी र समस्यामा परेका यात्रुलाई सुरक्षित रूपमा विभिन्न गन्तव्यमा पुर्याउने गरेका छन् ।
मंगलवार लकडाउनविरुद्ध प्रदर्शनमा निस्किएका करीब ३०० ट्याक्सीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनमा निस्किएका ट्याक्सीलाई काठमाडौंका विभिन्न ठाउँठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरूलाई केशरमहल, लैनचौर, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगन्ज, गोंगबु, बानेश्वर लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले करीब ३०८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको बताए । उनले प्रदर्शनमा सहभागी भएको भन्दा पनि सरकारको नियम उल्लंघन गरेकाले नियन्त्रणमा लिइएको बताए । ती ट्याक्सीहरू साँझ छाडिएको थियो ।
ट्याक्सी व्यवसायी दीपक केसी र श्रीकृष्ण श्रेष्ठले भने प्रदर्शनमा निस्किएका ट्याक्सीलाई ठाउँठाउँबाट नियन्त्रणमा लिएर प्रहरीले दमन गरेको आरोप लगाएका छन् । सरकारले आगामी ७ साउनसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । गत १ असारदेखि लकडाउन केही खुकुलो गरेको सरकारले दैनिक जनजीवन सामान्य बनाउन मात्रै खुकुलो गरिएको जनाएको छ । भाडाका सवारीसाधनहरू सञ्चालन गर्न नदिएको सरकारले हवाई उडान पनि आगामी ७ साउनसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...