माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
असार १७, २०७७
कोरोना संक्रमितलाई १४ दिनपछि पीसीआर परीक्षण नगरी घर पठाउने व्यवस्था लागू गराउने व्यवस्था फुकुवा गरिदिन मागसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च अदालतसँग माग गरेको छ ।
त्यस्तो व्यवस्था सर्वोच्च अदालतले अन्तरिम आदेशबाट लागू नगराउन भनेपछि मंगलवार निवेदन दिई मन्त्रालयले सो माग गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण भएको व्यक्तिले १० दिनपछि अन्य मानिसलाई सार्न नसक्ने निष्कर्ष निस्किएको जानकारी पनि सर्वोच्च अदालतलाई गराएको छ ।
मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आइसोलेसनबाट डिस्चार्ज गर्दा पीसीआर परीक्षण गरेर मात्र पठाउन सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै संक्रमण भएको १० दिनपछि अन्य व्यक्तिलाई कोरोना भाइरस सार्न नसक्ने जानकारी गराएका हुन् ।
निवेदनमा भनिएको छ, ‘पछिल्ला दिनमा कोभिड–१९ का सम्बन्धमा भएका अनुसन्धानहरूबाट प्राप्त तथ्यहरूले कोभिड–१९ को लक्षण देखिएको व्यक्तिमा ९ दिनपछि लिइएको नमूनामा भाइरस उमार्न खोज्दा भाइरसको वृद्धि नभएकाले १० दिनपछि उक्त व्यक्तिमा पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिए पनि सो व्यक्तिले संक्रमण सार्न नसक्ने निष्कर्षअनुसार तोकिएको दिनपछि डिस्चार्ज गर्दा पुनः परीक्षण गर्न नपर्ने विश्व स्वास्थ्य संगठनले भनेको छ ।’
मन्त्रालयको गत जेठ २० गतेको निर्णयले आइसोलेसनमा रहेका बिरामीलाई १४ दिनपछि घर पठाउँदा पीसीआर परीक्षण गर्न नपर्ने गरी निर्देशिका जारी गरिएको थियो । सो निर्देशिकाको बुँदा नम्बर ६ मा आइसोलेसनमा रहेका बिरामीलाई थप कुनै पनि लक्षण नदेखिएमा १४ दिनपछि पीसीआर परीक्षण नगरी घर पठाउन सकिने उल्लेख गरिएको थियो ।
सो व्यवस्था नेपालको संविधानको धारा ३५ तथा जनस्वास्थ्य सेवा ऐन २०७५ को विभिन्न व्यवस्था विपरीत भएको दाबी गरी अधिवक्ताहरु सन्तोष भण्डारी, कीर्तिनाथ शर्मा पौडेल, सुजन नेपाललगायतले संयुक्त रुपमा रिट निवेदन दायर गरेका थिए ।
सो रिट निवेदनमा माथि सरकारी पक्ष तथा रिट निवेदकका कानुन व्यवसायीबीच व्यापक छलफल भई सर्वोच्चले निर्देशिकाको बुँदा नम्बर ६ हाल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सरकार तर्फबाट सो अन्तरिम आदेश खारेज गर्न माग गर्दै निवेदन दायर गरिएको हो ।
देशभरका निजी तथा सरकारी अस्पतालमा हाल २६ हजार बेड, १ हजार ५ सय आईसीयू बेड, ८ सय ४० मात्र भेन्टिलेटर रहेका तथ्यांक पनि मन्त्रालयले सर्वोच्चलाई अवगत गराएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
हाम्रोजस्तो सीमित स्रोत र साधन भएको देशमा १४ दिनपछि पीसीआर परीक्षण नगरी घर पठाएमा अन्य संक्रमितलाई उपचार गर्न सजिलो पर्ने, प्रयोगशालामा अनावश्यक भार नपर्ने, पीसीआरको रिपोर्ट चाँडै आउन सक्ने हुने पनि निवेदनमा उल्लेख गरिएको छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...