×

NMB BANK
NIC ASIA

काठमाडौंका कोरोना संक्रमितले टिपाउँछन् गाउँको ठेगाना, राजधानीमा कति जोखिम ?

असार १७, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

स्वास्थ्य मन्त्रालयका प्रवक्ताको प्रेस ब्रिफिङ सुन्दा लाग्छ, काठमाडौं उपत्यकामा पनि कोरोनाको जोखिम छ र ? तर सडकमा सवारीसाधनको जाम छ । पैदल यात्रुको उस्तै चाप छ ।

Muktinath Bank

लकडाउन खुकुलो भएको मौकामा संघीय राजधानी भित्रिनेको लर्को छ । पीसीआर परीक्षण गर्न टेकु अस्पतालमा उस्तै भीड लाग्छ । दैनिक औसत ८०० जना लाइन लाग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं भित्रिनेहरू कोरोना परीक्षण गर्न आतुर देखिन्छन् तर उनीहरूले परीक्षण गर्दा भर्ने फारममा भने बसोबास रहेको ठेगाना खुलाउँदैनन् । उनीहरूको प्रवृत्ति छ, बसोबास राजधानीको, ठेगाना जन्मस्थानको । यो प्रवृत्तिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा समस्या आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पदाधिकारी तनावमा देखिन्छन् ।


Advertisment
Nabil box
Kumari

‘आत्मीयता रहने हुनाले जन्मथलोको मायाले हो वा आफ्नो परिचय लुकाउनका लागि हो । त्यो थाहा भएन,’ महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘तर वास्तविक ठेगाना उल्लेख नगर्दा हामीलाई संक्रमित खोज्नै हैरान हुने गर्छ ।’

Vianet communication
Laxmi Bank

कोरोना ७७ वटै जिल्लामा फैलिएको छ । देशभरका २२ वटा प्रयोगशालामा पीसीआर परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ । ती प्रयोगशालामा दैनिक ४ देखि ७ हजारसम्म स्वाब नमूना परीक्षण हुन्छ ।

काठमाडौंमा डेरामा आउनेलाई घरभेटीले पीसीआर परीक्षण रिपोर्ट ल्याउन दबाब दिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाहिरबाट आएका व्यक्ति मापदण्डबमोजिम २ सातासम्म क्वारेन्टाइनमा बसेको प्रमाण छ र कोरोनासम्बन्धी लक्षण छैन भने पीसीआर नगरी घर पठाउन मिल्छ । तर डेरावालहरू रिपोर्टका लागि टेकु अस्पतालमा दैनिक औसत ८०० जनाको भीड लाग्ने गरेको छ । रिपोर्टविना घरभेटीले घरमा छिर्न नदिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको डा. गौतम बताउँछन् ।

भीडको माहोलमा परीक्षण गराउनेले भर्नुपर्ने फारममा उल्लेख गर्नुपर्ने वास्तविक ठेगाना लेखिँदैन । जँचाउन चाहनेले पनि बसिरहेको अस्थायी ठेगाना लुकाउँछन् । स्थायी मात्र लेखाउँछन् । कोरोना परीक्षण गर्न आउनेको यस्तै गैरजिम्मेवारीपनले संक्रमणको जोखिम झन् बढाएको छ ।

‘काठमाडौंमा बसेका हुन्छन्, फारममा स्थायी ठेगाना लेखेका हुन्छन् । टेलिफोन उल्लेख हुन्छ । कोरोना पोजेटिभ भएपछि चिन्ता हुन्छ । खोजीनीति गर्दा मोबाइल स्विच अफ हुन्छ,’ डा. पाण्डे भन्छन्, ‘यस्तो नगर्न तपाईंहरूको पत्रिकामार्फत अनुरोध गर्छु ।’

कन्ट्याक्ट टे«सिङमा गएको बेला आफैं संक्रमित हुन पुगेका महाशाखाका चिकित्सकले भने ढाँटेनन् । पहाडी जिल्लामा घर भए पनि उनले अस्थायी ठेगाना ललितपुर भएको जानकारी दिएका थिए । अर्का एक जना लमजुङ ठेगाना भएको व्यक्ति काठमाडौंमा बस्दै आएको पाइएको छ ।

‘सुनसरी ठेगाना बताएकी महिलामा संक्रमण पाइएपछि खोजीनीति गर्दा भक्तपुरमा डेरा लिई बसेको पाइयो,’ कन्ट्याक्ट ट्रेसिङमा संलग्न एक स्वास्थ्यकर्मी भन्छन्, ‘दाङ र लमजुङ घर भएका व्यक्तिको डेरा काठमाडौं रहेको पाइयो ।’

उपत्यकामा बसिरहेका व्यक्तिले गाउँको ठेगाना दिने गरेका कारण झन् जोखिम बढेको हो । को व्यक्तिबाट कसरी काठमाडौंमा संक्रमण फैलिरहेको छ भन्ने यकिन गर्न कठिन भइरहेको रोग नियन्त्रण महाशाखाका एक स्वास्थ्यकर्मी बताउँछन् । पीसीआर परीक्षणका बेला स्थायी ठेगाना मात्र दिएको पाइएको छ ।

राष्ट्रिय सूचना आयोगले मन्त्रालयबाट प्रवाह गरिने सूचनामा संक्रमित वा मृतक व्यक्तिको बारेमा उल्लेख गरिएको ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको जनाएको थियो । आयोगकी प्रवक्ता कमला ओलीका अनुसार स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक–फरक हुन सक्दछ । एउटा मात्र स्थानबारे उल्लेख गर्दा सर्वसाधारणमा अन्योल पाइएको छ ।

आयोगले कोरोना संक्रमण र मृत्यु भएका व्यक्तिको विवरण सार्वजनिक गर्दा संक्रमण हुँदाको बखत बसोबास गरेको स्थान र स्थायी ठेगानासमेत उल्लेख गर्न आदेश दिएको छ । सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगले आदेशसमेत दिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

कोरोना परीक्षण गर्न आउने व्यक्तिले फारममा आफ्नो मोबाइल नम्बर र ठेगाना स्पष्टसँग उल्लेख गर्नुपर्ने डा. पाण्डेको भनाइ छ । ‘फारम भर्ने स्वास्थ्यकर्मीलाई कामको चाप छ । दुईथरी काम गर्न भ्याइनभ्याइँ हुन्छ,’ उनी भन्छन्, ‘त्यही भएर परीक्षण गर्ने व्यक्ति स्वयं जिम्मेवार हुनुपर्‍यो । पछि भेट्न सजिलो हुने ठेगाना र टेलिफोन नम्बर दिए समस्या हुने थिएन ।’

काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा काठमाडौंका ५ महिला र ७ पुरुष, ललितपुरका १ महिला र भक्तपुरका १ महिला छन् । सोमवार मात्रै उपत्यकामा ८ जनामा संक्रमण देखिएको थियो । लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x