मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलवारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘यो कुण्ठा र पूर्वाग्रह हो ।’
प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको दुई दिनअघि अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर दाहालले भने, ‘दिल्लीले होइन, मैले मागेको हो राजीनामा ।’
‘पार्टीका नेताहरू कुण्ठा पालेर अत्यन्तै पूर्वाग्रही भएर हिँड्न थाल्नुभएको छ । सरकारलाई घेराबन्दी गर्नु, काम गर्न नदिर्नु पार्टी नेताहरूको पूर्वाग्रह हो,’ ओलीको जवाफ थियो, ‘सरकारले के कति काम गरेको छ म फेहरिस्त राख्न सक्छु । पूर्वाग्रह राख्ने काम नेताहरूले गर्नु हुँदैन ।’
दाहाललाई वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका थिए । उनीहरूले पनि प्रधानमन्त्री ओलीले सरकार र पार्टीका दुवै नेतृत्व नैतिकताका आधारमा छोड्नुपर्ने माग राखे । २ दिन विश्राम लिएर पार्टी बैठकमा सहभागी हुन निर्धारित समयमै मंगलवार बिहान ११ बजे स्थायी समिति सदस्यहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली भने बैठक शुरू नगरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गए । झण्डै ४५ मिनेटपछि मात्र उनी बालुवाटार फर्के र बैठक शुरू भयो । अघिल्ला बैठकमा भन्दा फरक नेताहरूको कुर्सी स्थायी समितिका सदस्य बसेकै मञ्चको तल्लो लहरमा झारिएको थियो ।
बैठक शुरू गर्दै अध्यक्ष दाहालले शुरूमा आफूलाई भूमिकाविहीन बनाइएको गुनासोे गरे । ‘मंसिर ४ गते मलाई कार्यकारी अधिकार दिने भनेर निर्णय गरियो । त्यसपछि सचिवालय बैठक बसियो । केन्द्रीय समितिको बैठक पनि बसियो । त्यसपछि भने पार्टी ठीक ढंगले अगाडि बढ्न सकेन । बैठक नबस्ने, बैठकप्रति नै अरुचि राख्ने काम प्रधानमन्त्रीले गर्न थाल्नुभयो । यस्तो किन भइरहेको छ ?’ उनले भने, ‘पार्टीका कामहरू अगाडि बढ्न नदिने, सरकारका कामहरू पनि स्वेच्छाचारितामा प्रधानमन्त्रीले गर्ने अवस्था मात्रै रह्यो । मलाई प्रधानमन्त्रीले भूमिकाविहीन बनाउन खोज्नुभयो ।’
एक स्थायी समिति सदस्यका अनुसार त्यसपछि उठाए, प्रधानमन्त्री ओलीले १४ असारमा मदन भण्डारी जन्म दिवसका दिन बोलेका अभिव्यक्तिका विषय । ‘प्रधानमन्त्रीले के बोल्नुभयो, भारतले सरकार हटाउन लागेको छ । नेपालकै नेताहरू यसमा लागेका छन् । भारतले हटाउन खोजेका भन्ने कुरा गम्भीर छ । यो झुटो प्रचारबाजी मात्र हो,’ दाहालले भने, ‘हो भने यो खेलमा को–को लागेको हो ? प्रधानमन्त्रीले ती नेताहरूका विषयमा बताउनुपर्यो । साँच्चै त्यस्तो हो भने पार्टी एक ढिक्का भएर लड्नुपर्नेमा किन बाहिर बोल्नुभयो ? यस विषयमा प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्यो ।’
त्यही सन्दर्भमा उनले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । ‘अब तपाईंबाट पार्टीको नेतृत्व पनि चल्दैन, सरकार पनि चल्दैन । राजीनामा दिनुहोस् भनेर मैले वैशाख १७ गतेको सचिवालय बैठकमै भनेको हो । तपाईंले राजीनामा दिनुभएन । त्यो बेला नक्सा त आएको थिएन नि ! अनि अहिले त्यस्तो कुरा गर्ने ?’ दाहालले भने ।
अघिल्लो पालि पनि प्रधानमन्त्रीलाई भारतले नभई आफूहरूसँगको सहमति तोडेकाले हट्नुपरेको दाहालको भनाइ थियो । नक्सा सार्वजनिक गर्ने काम कुनै व्यक्तिको मात्र निर्णय र आँट नभएर पार्टी बैठकको निर्देशनका आधारमा भएको दाहालको भनाइ थियो ।
दाहाल कडा रूपमा प्रस्तुत भएपछि प्रधानमन्त्रीले कडै रूपमा जवाफ दिए । ‘घटनाहरू भएकै छन् । भारतले हस्तक्षेप गर्यो भन्दा टाउको दुखाउनुपर्ने किन ? होटलहरूमा चलखेलहरू भइरहेका छन् । त्यो मलाई थाहा छ । सबै कुरा किन बताइरहनु पर्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरू र भारतीय मिडियाका शैली मिलेको छ । यहाँ तपाईंहरू गुटबन्दी गर्नुहुन्छ । उताका मिडिया प्रचण्डको नेतृत्वमा सरकारविरुद्ध मोर्चाबन्दी भनेर समाचार दिन्छन् । मैले भनिरहनु पर्दैन ।’ उनले आफूले जे जति गरेको छु, त्यो राष्ट्रकै हितका लागि गरेको बताएका थिए ।
करीब २० मिनेट मात्र बोलेका प्रधानमन्त्री ओलीले दाहालले पार्टीमा कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न नपाएको भनी गरेको गुनासोमा पनि बोले । ‘पार्टी सचिवालय बैठकले माइन्युट गरेकै छ । कार्यकारी अध्यक्ष भनिएकै छ । अनि किन मन खुम्चाउनु ?’ उनले भने, ‘एकताका काम अगाडि बढाएको भए भइहाल्थ्यो । किन रोकिनु पथ्र्यो ? यसमा मैले कहिले नाइँनास्ती गरेको छु ?’
त्यसपछि पालो आयो वरिष्ठ नेता झलनाथ खनालको । ‘यो पार्टी सम्पूर्ण नेता–कार्यकर्ता समर्थक, शुभेच्छुकले निर्माण गरेको हो । यसलाई आफ्नो बपौती कसैले पनि ठान्नु हुँदैन । जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद निर्माण गर्ने दिशामा हामी अगाडि बढेका छौं,’ उनले भने, ‘यो सरकारले ३ वटा नीति तथा कार्यक्रम र बजेट ल्यायो तर समाजवादको कुनै चरण पनि छैन । पुँजीवादको चक्करमा घुम्ने कामबाहेक केपी ओली नेतृत्वको सरकारले केही पनि गरेन ।’
उनले पार्टीमा छलफल हुने नगरेको बताए । ‘पार्टी एकताको काम अगाडि बढेर जान पाएन । बीचबीचमा रोक्नुभएको छ । अरूलाई भन्नुहुन्छ तर तपाईंले गुट सञ्चालन गर्नुभएको छ । यसरी पार्टी चल्छ ? पार्टी र सरकार दुवै चलाउन सक्नुभएन । त्यसकारण यसमा गम्भीर छलफल गरेर यही बैठकबाट निर्णय लिनुपर्छ । प्रधानमन्त्रीको कुर्सीमा बसेर अन्तर्राष्ट्रिय सम्बन्ध जटिल बनाउने दिशामा नजानुहोस्,’ उनले भने । खनालले पार्टीले स्पष्ट शैलीमा प्रधानमन्त्रीलाई हटाउने भन्यो भने तानाशाह जसरी बस्न कसैले पनि नसक्ने बताए ।
वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी खोज्नुपर्ने अवस्थामा पुगेको आरोप लगाए । ‘कमिटी कमिटीजस्ता छैनन् । सरकार सरकार जस्तो छैन । नियुक्तिहरूमा कुनै मापदण्ड छैन । यसरी कसरी सरकार र पार्टी चल्छ ?’ उनले भने, ‘प्रधानमन्त्री ओली रूपान्तरण नै हुन नचाहने नेता हुनुहुन्छ । व्यक्तिवाद, दम्भ, अहंकार मात्रै देखियो प्रधानमन्त्रीसँग । पटक–पटक रूपान्तरण गर्न खोज्दा पनि रूपान्तरण हुन नचाहने, नसुध्रिने, सबै आफंैले गरेको मात्र भन्नुहुन्छ । पार्टी निर्माणको यत्रो लामो इतिहास छ । अरूको कुनै योगदान नै छैन ? सबै उहाँले मात्र गरेको हो ?’ प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले भारतसँग झन् अविश्वास बढेको र यस्तो अविश्वास मात्र देखाउने व्यक्तिबाट नेतृत्व नचल्ने उनको भनाइ थियो ।
उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीले नेतैपिच्छे फकाउने र आफ्नो स्वार्थपूर्तिका लागि मात्र प्रयोग गर्ने प्रवृत्ति रहेको आरोप लगाए । ‘४० वर्षदेखि हाम्रो संगत छ । उहाँ एउटा मान्छेलाई बोक्नुुहुन्छ, उचाल्नुहुन्छ । म मात्रै भएँ भने अब तपाईं हो भन्नुहुन्छ । अनि यताका कुरा उता गर्नुहुन्छ । तपाईंबाट मैले अनगिन्ती धोका मात्र पाएको छु । तपाईंलाई विश्वासघात त म गर्दिनँ, तर तपाईंसँग म अहिले छैन,’ उनले भने । उनले अब ओलीबाट सरकार र पार्टी नचल्ने बताए ।
४ नेताले बोलपछि बैठकमा खाजा समय भएको थियो । त्यसपछि प्रधानमन्त्री बैठकबाट उठे र फर्किएर आएनन् । खाजा ब्रेकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्तरिक राजनीति र व्यक्तिगत स्वार्थका आधारमा
कूटनीति र परराष्ट्र सम्बन्धमा कसैले पनि खेलवाड गर्न नहुने बताए । प्रधानमन्त्रीलाई भारतीय राजदूतले आफूविरुद्ध षड्यन्त्र गरेको लागेको भए बोलाएर सोध्न सकिनेमा त्यसो नगरी अभिव्यक्ति दिने काम गलत भएको श्रेष्ठले बताए ।
त्यसपछि दाहाल–नेपाल खेमाका नेता वेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट र भीम आचार्यले बोलेका थिए । उनीहरूले प्रधानमन्त्री ओलीको आलोचना गरे । ओली पक्षका कुनै नेताले पनि मंगलबारको छलफलमा भाग लिएनन् ।
बुधवार पनि यही विषयमा बोल्न बाँकी नेताहरूले बोल्ने र त्यसपछि २ अध्यक्षले आवश्यक छलफल गरेर स्थायी समितिमा ठोस प्रस्ताव ल्याउन सक्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
यसैबीच, प्रधानमन्त्री निवास बालुवाटारमा राति अबेलासम्म बैठक चलेको थियो । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्री भानुभक्त ढकाललगायत सहभागी थिए ।
नेकपा (एमाले) दर्ता ?
निर्वाचन आयोगमा २ दिनअघि नेकपा (एमाले) नाममा दल दर्ताको आवेदन परेको पाइएको छ । त्यसबारे बैठकमा जिज्ञासा राख्दै दाहालले भने, ‘के रहेछ त्यो भनेर बुझ्ने प्रयत्न गर्दा प्रधानमन्त्रीकै कानून विज्ञले माथिको आदेश हो दर्ता गराउनु भनेर निर्देशन गरेको थाहा हुन आएको छ । यो विषय के हो ?’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
प्रधानमन्त्री ओलीले प्रत्युत्तर दिए, ‘गोपाल किराँतीले पनि नेकपा माओवादी नामको पार्टी दर्ता गरेका छन् । चुनाव चिह्न पनि ऊ बेलाको माओवादीकै छ । त्यस्तो पार्टी त मान्छेहरूले दर्ता गर्न सक्छन् । यसबारे कुरा किन गर्ने ? मेरो पार्टी यही (नेकपा) हो । म यही पार्टीको अध्यक्ष छु । अरूहरू कसले के गर्छ, कसो गर्छ, कुन पार्टी कसले के गर्छ, त्यसमा हामी किन कुदिरहने ?’
बैठकमा चर्चा भएअनुसार सन्ध्या तिवारीका नाममा उक्त दल दर्ताको आवेदन परेको छ । तिवारी झापाकै भएको र त्यो प्रधानमन्त्री ओलीको निर्देशनमा भएको भन्दै सोधखोज चलेको थियो ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...