२६ जेठ २०८३, मंगलबार

ओलीको राजीनामा मागिएपछि बालुवाटारमा बिहानै मन्त्रीहरूको आकस्मिक भेला

ओलीको राजीनामा मागिएपछि बालुवाटारमा बिहानै मन्त्रीहरूको आकस्मिक भेला
फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा शीर्ष नेताहरूले खुलेरै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि बालुवाटारमा मन्त्रीहरूको आकस्मिक भेला बोलाइएको छ ।

मंगलवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायतले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।

पार्टी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागेपछि विकसित घटनाक्रमबारे छलफल गर्न ओलीले बुधवार बिहानै बालुवाटारमा मन्त्रीहरूको आकस्मिक भेला बोलाएका हुन् । ‘औपचारिक मन्त्रिपरिषद् बैठक होइन, विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न आकस्मिक रुपमा अनौपचारिक छलफल गर्न खोजिएको हो,’ बालुवाटाुर पुगेका एक मन्त्रीले लोकान्तरसँग भने ।

सरकार र पार्टी सञ्चालनमा ओली असफल भएको आरोप लगाउँदै पार्टीका अधिकांश नेताहरूले ओलीको राजीनामा मागेका छन् । मंगलवारको बैठकमा शीर्ष नेताबीच नै चर्काचर्की परेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्