×

NMB BANK
NIC ASIA

सीमा नाकामा सशस्त्र प्रहरीका दुःख– वारिपारिका आफन्तको चापदेखि व्यापारीको दबाबसम्म !

असार १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण फैलिएका कारण अहिले अन्तर्राष्ट्रिय सीमा नाका बन्द छ ।

Sagarmatha Cement
Muktinath Bank

बन्दाबन्दी (लकडाउन)लाई सरकारले विभिन्न चरणमा खुकुलो बनाउँदै लगेपनि नाका भने सुचारू भएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाका बन्द भएपनि रोजगारीका लागि भारत गएका १ लाखभन्दा बढी नेपाली नागरिक यही बीचमा स्वदेश फर्किएका छन् । फर्किने क्रम अझै पनि जारी छ । 


Advertisment
Nabil box
Kumari

नेपाली सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बल (एपीएफ)ले पाएको छ ।

Vianet communication
Laxmi Bank

प्रायः सीमा नाकाबाट बन्दाबन्दीको समयमा प्रतिदिन २ हजारभन्दा बढी मानिसहरू नेपाल भित्रिएका थिए ।

अहिले पनि २० वटा नाकाबाट दैनिक करीब डेढ सय मानिसहरू भित्रिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

विषेश गरेर एपीएफले कोरोना भाइरको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले गरेको निर्देशनअनुसार अहिले सीमा नाकामा साढे २२ हजार फौज परिचालन गरेको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठले बताए ।

‘कोरोना भाइरसको संक्रमणसँग लड्न एपीएफका साढे २२ हजार फौज तैनाथी छन्,’ प्रवक्ता श्रेष्ठले भने, ‘सरकारको निर्देशनअनुसार अहिले सीमामा विभिन्न समस्याका बावजुद पनि खटिइराखेका छौं ।’

सीमा नाकामा नेपाल र भारतमा रहेका आफन्तहरूलाई भेट्न खोज्नेदेखि व्यापारीहरूले नेपाल छिर्न खोज्दा झडप हुने समस्या हुने गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

आफन्तले गर्दा समस्या

नेपाली र भारतीयबीचमा भएको आपसी नाताले गर्दा पनि समस्या उत्पन्न भएको छ ।

नेपालमा भएका नातेदारलाई भारतीयहरू भेट्न आउन खोज्ने र भारतमा भएका आफन्तलाई उता भेट जान खोज्दा समय–समयमा समस्या उत्पन्न गर्ने गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

‘नेपाल–भारतमा भएका आफन्तलाई भेट्न जान खोज्दा पनि सीमा नाकामा समस्याहरू देखिएका छन,’ डीआईजी श्रेष्ठले भने, ‘अहिले सरकारको नीति नै अन्तर्राष्ट्रिय नाकाहरू बन्द गर्ने भन्ने भएकाले हामीले आवतजावतमा कडाइ गरेका छौं ।’

दुवैतर्फ कारोवार

नेपाली नागरिक र भारतीय नागरिकहरू बीच भएको व्यापारिक कारोवारले गर्दा पनि सीमा क्षेत्रमा समस्या आउने गरेका छन् । भारततर्फका व्यापारी र नेपालमा तर्फका व्यापारी बीचमा कारोवारहरू हुने हुँदा उनीहरूले त्यो कारोवारलाई बन्दाबन्दी दुवैतर्फ खुकुलो भएको अवस्थामा पुनः सुचारू होस् भन्ने चाहना राख्दा समस्या भएको छ ।

दुवैतर्फका व्यापारीहरूले सीमा वारपार व्यापारीको चाहनाले गर्दा पनि बेलाबेलामा नेपालमा भारतीयहरू आउन खोज्दा र नेपाली भारतमा जान खोज्दा समस्या उत्पन्न हुने गरेको छ जसले गर्दा कतिपय अवस्थामा वादविवाद र झडपसम्म निम्त्याएको प्रवक्ता श्रेष्ठले लोकान्तरलाई बताए ।

कोरोना परीक्षणको एकिन तथ्याङ्क छैनः एपीएफ

अहिलेसम्म सशस्त्र प्रहरीका ४१ जना प्रहरी कर्मचारीमा कोभिड– १९ पोजेटिभ देखिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये ७ जना निको भएर ड्युटीमा फर्किसकेका छन् भने ३४ जना उपचारत छन् ।

नाका खटिएका आफ्ना जवान र अधिकृतहरूको कोरोना परीक्षण रिपोर्टको विस्तृत तथ्याङ्क सशस्त्र प्रहरीसँग छैन ।

‘यकिन तथ्याङ्क हामीसँग छैन तर जोखिम भएका क्षेत्रका सशस्त्र प्रहरी कर्मचारीको कोरोना टेस्ट गरिराखेका छौं,’ प्रवक्ता श्रेष्ठले भने ।

कोरोनाको संक्रमण बढ्दै गइराखेको समयमा कोरोना टेष्ट नहुनाले जवानहरूमा नैराश्यता उत्पन्न हुने गरेको देखिएको एक अधिकृतले बताए ।

सीमा नाकामा खटिने सशस्त्र प्रहरी फौजहरूको कोरोनाको जाँच गर्नाले उनीहरूको मनोबल बलियो हुने ती एपीएफ अधिकृतले लोकान्तरलाई बताए ।

कैलाली र कञ्चनपुरको नाकामा रहेका १ सय ५० जना सशस्त्र प्रहरी कर्मचारीको स्वाब परीक्षण गरिएको थियो । पहिलो चरणमा जमुनाहा नाका, कञ्चनपुरको गड्डाचौकी नाकामा सयौंको संख्यामा रहेका नेपालीहरूको भीडलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी खटिएको थियो ।

त्यहाँ खटिएका १५० सय जना सशस्त्र प्रहरीको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको डीआईजी प्रविणकुमार श्रेष्ठले बताए ।

परीक्षण गरिएका सबै नमूनामा कोभिड नेगेटिभ आएको उनले जानकारी दिए ।

सशस्त्र प्रहरीले नाकामा हुने गरेको भीड नियन्त्रण गरिसकेपछि उनीहरूलाई क्वारेन्टीनसम्म ल्याउने काम गरिरहेको छ । 

कोरोना सम्भावित संक्रमितसँग सम्पर्कमा रहने एपीएफ कर्मचारीलाई ब्यारेकमा छुट्टै स्थानमा क्वारेन्टीनको व्यवस्था गरी राख्ने गरिएको छ ।

कसैलाई कोरोनाको शंका लागेमा वा नाकामा हुने भीडभाड नियन्त्रणमा रहेका जवानहरूलाई क्वारेन्टीनमा राखेर मात्र ड्युटीमा खटाउने गरिएको एपीएफले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x