×

NMB BANK
NIC ASIA

सुनचाँदी व्यवसायमा निर्भर मजदुर संकटमा

असार १७, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

सुनचाँदी व्यवसायमा निर्भर कैलालीका मजदुर संकटमा परेका छन् ।

Muktinath Bank

लकडाउन शुरू भएपछि बन्द भएको सुनचाँदी व्यवसाय खुकुलो हुँदा पनि चल्ने अवस्था नहुँदा १ हजार जति मजदुर संकटमा परेका हुन् । मजदूर मात्र होइन, स्वयं सुनचाँदी व्यवसाय पनि धरापमा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले असार १ गते लकडाउन खुकुलो बनाएपछि खुलेका सुनचाँदी पसलमा कारोबार शून्य जस्तै छ । २ हप्तासम्म ग्राहक आएका छैनन् ।


Advertisment
Nabil box
Kumari

पसल सफा गर्ने काम मात्र भइरहेको व्यवसायीको भनाइ छ । सुनको मूल्य आकाशिएपछि व्यवसायीले खरीद गर्न सकेका छैनन् भने ग्राहक पनि आउने गरेका छैनन् । 

Vianet communication
Laxmi Bank

गत चैत १० गते सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ थियो बुधवार ९२ हजार ५ सय रुपैयाँ छ । कारोबार नभएपछि व्यवसायी बैंकको ऋणको चिन्तामा छन् भने मजदुर काम नपाएर त्यसै घरमा बस्न बाध्य भएका छन् ।

‘लकडाउन खुकुलो भए पनि हामीले व्यवसाय गर्ने वातावरण भएन,’ सुनचाँदी व्यवसायी संघका अध्यक्ष देवहादुर सुनारले भने, ‘४०० व्यवसायी र १ हजार मजदुर संकटमा परेको अवस्था छ ।’
 
उनले काठमाडौंबाट सुन ल्याउन गाह्रो हुनाका साथै मूल्य पनि आकाशिएको बताए । ‘सुनचाँदी व्यवसाय संकटमा छ, कसरी अघि बढ्ने भन्ने बारेमा सोच्न सकेका छैनौं । मजदूर भोकभोकै छन्,’ अध्यक्ष सुनारले भने, ‘यतिबेला पहिले पुराना गहना किनबेच हुन्थ्यो, यतिबेला त्यो पनि ठप्प छ ।’

कैलालीमा करीब ४०० सुनचाँदी व्यवसायी छन् । लकडाउनअघि टीकापुर बजारमा मात्र हप्तामा २ किलो नयाँ सुन खपत हुने गरेको व्यवसायीको भनाइ छ । यसबाहेक पुराना गहना किनबेच पनि उत्तिकै हुने गरेको थियो ।

लकडाउनमा आर्थिक समस्या हुँदा कतिपयले सुन बेच्न खोजे पनि बिक्री नभएको स्थानीयवासीको भनाइ छ । ‘समस्या पनि थियो, मूल्य पनि रामै्र थियो तर व्यापारीले सुन किन्दैनन्,’ टीकापुर–५ की झरना रिमालले भनिन्, ‘सुन बिक्री गरेर गर्जो टार्ने भनेर आएँ । बिक्री नगरी फर्कन थाल्दैछु । सुन किन्न व्यापारीले पैसा छैन भन्छन् ।’

पेशा संकटमा परेपछि कतिपय मजदूरले पेशा परिवर्तन गर्न थालेका छन् । उनीहरू लकडाउन खुलेपछि नयाँ पेशा गर्ने तयारीमा छन् । लम्कीका सुनचाँदी व्यवसायी रमेश विकले व्यवसाय नचल्ने भएपछि अब परिवारमा सल्लाह गरेर अर्को व्यवसाय गर्ने सोच बनाइएको बताए ।

‘सुनचाँदी पसल खोल्दा लागेको ऋण थपिँदै गएको छ । नयाँ वर्षदेखि असारसम्म राम्रो कारोबार हुन्थ्यो, लकडाउनले सबै ठप्प भयो,’ विकले भने, ‘यसरी चलाउन सकिएला जस्तो लागेन । अब अर्को व्यवसाय गर्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x