कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ र भारतीय सैनिकहरू भारतले लद्दाख र सिक्किममा दाबी गरेको भूभागका आमनेसामने भएर बसेका छन् । अरुणाचल प्रदेशमा समेत चिनियाँ जनमुक्ति सेनाले गतिविधि बढाएको छ ।
चिनियाँ सेनाले विशाल संख्यामा आफ्ना पोस्टहरू बढाइरहेको अनि गश्ती बढाउँदै लगेर भारतीय सीमा उल्लंघन गरिरहेको भारत सरकारका विभिन्न स्रोतले जनाएका छन् ।
तवाङ र वालोङमा चिनियाँ सेनाको गतिविधि बढेको देखिन्छ । ती दुई ठाउँमा चीनले सन् १९६२ को युद्धमा निकै क्षति पुर्याएको थियो ।
तवाङमा चिनियाँ सैनिकको गश्ती भारतको खिन्जेमाने पोस्टसम्म आइपुगेका छन् र भारतीय सैनिकलाई भगाएका छन् । खिन्जेमाने मकमाहोन लाइनमा पर्छ र सन् १९५९ को मार्च महिनामा दलाई लामा त्यहीँबाट भारत प्रवेश गरेका थिए ।
तवाङमा चिनियाँ सेनाले त्सोना जोङस्थित आधारशिविरलाई मजबूत बनाएको छ । तिब्बत सीमाको उक्त ठूलो शहर मकमाहोन लाइनपारि छ ।
वालोङ सेक्टरमा चिनियाँ गश्तीहरूले आक्रामक गतिविधि गरिरहेको बताइएको छ । किबिथू भन्ने ठाउँमा भारतीय पोस्ट छ र त्यहाँ चीन आक्रामक भइरहेको छ । अनि वालोङपारि तिब्बती शहर रिमामा चिनियाँ सैनिकको संख्या बढेको छ ।
किबिथूपारि ओल्ड टाटुमा रहेको चिनियाँ सैन्य शिविरमा पनि संख्या बढाइएको छ ।
अनि आसाफिला सेक्टरमा पनि चीनको गतिविधि आक्रामक बनेको छ । त्यस ठाउँलाई सन् १९६२ मा चिनियाँहरूले आक्रमण गरेर कब्जामा लिएका थिए । चिनियाँहरूले केपाङ ला र सीङ ला पासहरूमा पनि अस्थायी शिविर बनाएको बताइन्छ ।
माथिल्लो सियाङमा पछिल्ला केही दिनमा सीमा पार गरेर चिनियाँहरू आइरहेको देखिन्छ ।
भारतको सैन्य जासूसी संयन्त्रले चिनियाँहरू भारतमाथिको आक्रमण गर्ने सम्भावनाका कारण सैनिक संख्या बढाइरहेका हुन् कि भारतीय भूभागमा नियन्त्रण जमाउन खोजिरेहका हुन् भनी हेरिरहेका छन् ।
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...