×

NMB BANK
NIC ASIA

'ड्यामेज कन्ट्रोल' रणनीति

नेकपामा मध्यमार्गी उपाय : सरकार चलाउन पार्टीमा उच्चस्तरीय संयन्त्र !

असार १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधानका विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र मध्यमार्गी उपायहरूको चर्चा हुन थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बुधवार पनि नरोकिएपछि अध्यक्षसमेत रहेका ओली केही हच्केको महसूस स्थायी कमिटी सदस्यहरूले गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवारको स्थायी कमिटी बैठकमा बोल्ने ५ मध्ये २ जनाले मुख फोरेरै ओलीको राजीनामा मागे भने अन्य २ जनाले पनि सरकारको आलोचना गर्दै घुमाउरो भाषामा राजीनामालाई नै विकल्पको रूपमा अघि सारे ।


Advertisment
Nabil box
Kumari

मंगलवारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश वक्ताहरूले पनि ओलीको राजीनामा मागेका थिए ।

Vianet communication
Laxmi Bank

बुधवार स्थायी कमिटी बैठक शुरू हुनुअघि बालुवाटार पुगेका केही मन्त्री र ओलीनिकट नेताहरूले बैठकमा उठेका कुरा धैर्य भएर सुन्न सुझाव दिएका थिए ।

स्रोतका अनुसार बुधवार बिहानको छलफलमा ओली अलि नरम भएर प्रस्तुत भएका थिए ।

'ल भन्नुस् न त म के गरूँ' भन्ने शैलीमा ओली प्रस्तुत भएको छलफलमा सहभागी एक नेताले बताए ।

जवाफमा नेताहरूले मध्यमार्गी बाटो खोजिने र कसैलाई पनि अपमान नहुने ढंगले बैठकको समापन हुने आश्वासन दिएका थिए ।

'पार्टीका अध्यक्ष प्रचण्डसँग र आवश्यक परे सचिवालय बैठक बोलाएर भएपनि आफ्नो भनाइ स्पष्ट राख्नुपर्ने सुझाव दिएका छौं,' छलफलमा सहभागी एक नेताले लोकान्तरसँग भने, 'हामीले स्थायी कमिटी बैठकले कसैको पनि अपमान नहुने गरेर निकास निकाल्नेमा ढुक्क हुन आग्रह गर्‍यौं ।'

ओली एकपटक अध्यक्ष प्रचण्डसँग गहन छलफल गरेर अघि बढ्ने मनस्थितिमा देखिन्छन् । 'सम्भवतः बुधवार साँझ नै अध्यक्षद्वयबीच गम्भीर कुराकानी हुनेछ,' नेकपा उच्चस्रोतको दाबी छ ।

ओलीलाई जबरजस्ती राजीनामा गर्न लगाउँदा या बैठकबाट निर्णय नै गरेर हटाउने प्रक्रियामा जाँदा प्रधानमन्त्रीले शक्तिको दुरुपयोग गर्न सक्ने र त्यसले पार्टी र देशको भविष्य नै खतरामा पर्ने सक्ने विषयमा खुमलटार जानकार छ ।

बुधवार प्रचण्डले आफूनिकटका नेताहरूलाई खुमलटार बोलाएर यही विषयमा छलफल गरेका थिए ।

ओली सेरेमोनियल अध्यक्ष !

ओलीलाई अध्यक्षबाट हटाउन विधान नै संशोधन गर्नुपर्ने र त्यसका लागि केन्द्रीय कमिटीको बैठक आवश्यक रहन्छ । स्थायी कमिटी बैठकबाट ओलीलाई अध्यक्षबाट हटाउने भन्दा पनि 'सेरेमोनियल' अध्यक्ष बनाउने र त्यहीअनुसार निर्णय गराउन सकिने खुमलटारको हिसाबकिताब छ ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन पनि त्यति सजिलो नरहेको नेताहरूको बुझाइ छ । सरकार सञ्चालनमा एकलौटी गर्ने गरेको आरोप लागेका ओलीलाई पार्टीकै नेताहरू सम्मिलित उच्चस्तरीय संयन्त्र बनाएर नियन्त्रण गर्न सकिने निष्कर्षमा प्रचण्ड-माधव पुगेका छन् ।

उच्चस्तरीय संयन्त्र निर्माणको बहस !

सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र निर्माणको विषय बाहिर बहसमा आइसकेको छैन । तर बुधवारको स्थायी कमिटी बैठकमा बोल्दै योगेश भट्टराईले संयन्त्र बनाएर सरकार चलाउन सकिने संकेत गरेका थिए ।

भट्टराईले सचिवालयको विकल्प स्थायी कमिटी नभएको भन्दै सकेसम्म शीर्ष नेताहरूबीच नै विवाद समाधान हुनुपर्ने बताए । 'विवाद समाधानका लागि संयन्त्र बनाएर अघि बढ्न सकिन्छ,' भट्टराईको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई भने ।

प्रचण्डको 'उच्चस्तरीय संयन्त्र'सँग विशेष लगाव छ । उनले विश्वव्यापी महामारीको रूप लिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागिसमेत सर्वदलीय संयन्त्र निर्माणको प्रस्ताव गरेका थिए । ओलीले त्यसको ठाडै विरोध गरे र बेमौसमी बाजाको संज्ञा दिएपछि प्रचण्ड पछि हटेका थिए ।

यसअघि पनि झलनाथ खनाल नेतृत्वको सरकार बनेपछि सरकार सञ्चालनका लागि सरकारमा संलग्न राजनैतिक दलहरूको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने सहमति भएको थियो ।

उच्चस्तरीय संयन्त्रले सरकारलाई पार्टीप्रति उत्तरदायी बनाउने र क्षति न्यूनीकरण गर्न सक्ने प्रचण्डको बुझाइ छ । खुमलटारनिकट स्रोत भन्छ, 'स्थायी कमिटी बैठकमा एजेण्डाहरूमाथिको छलफलपछि प्रचण्ड-नेपालको तर्फबाट यो प्रस्ताव आउन सक्छ ।'

प्रचण्डले पनि बुधवार बिहान आफ्नै निवासमा नेताहरूसँग परामर्श गरेका थिए ।

‘समाधान नै नहुने भन्ने हुन्न, सरकार सञ्चालनका लागि संयन्त्र बनाउने र प्रचण्डलाई व्यावहारिक रूपमा नै कार्यकारी अधिकार दिने गरी समाधान निस्कन सक्छ,’ एक स्थायी कमिटी सदस्यले भने ।

राजीनामा मागको शृंखला !

मंगलवारको बैठकमा अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेताद्वय नेपाल र खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत अधिकांशले ओलीको राजीनामा माग गरेका थिए ।

बुधवार पनि ओलीको राजीनामा माग्ने क्रम रोकिएन ।

मंगलवारको बैठकपछि स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले संस्थागत रूपमै प्रधानमन्त्रीको राजीनामा मागिएको पहिलोपटक भएको बताए ।

'संस्थागत रूपमै स्थायी कमिटी सदस्यहरूले असन्तुष्टि पोखेपछि एउटा निकास त निस्कनै पर्छ,' पौडेलले भने । 

मंगलवारको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच छलफल हुने र आवश्यक परे सचिवालयको बैठक बस्ने बताएका थिए ।

सरकारलाई स्वेच्छाचारी ढंगले चल्न नदिन पनि संयन्त्र आवश्यक रहेको प्रचण्डनिकट एक स्थायी कमिटी सदस्य बताउँछन् ।

‘अहिलेको विवादको चुरो पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने भन्ने हो । संयन्त्र बन्यो भने सरकार यसरी स्वेच्छाचारी हुन पाउँदैन,’ उनले भने ।

नेकपा टर्बुलेन्समा फँसेको हो, दुर्घटना हुँदैन - विश्लेषक झा

यसैबीच नेपाल चीन मामिलाका जानकार एवं स्वतन्त्र विश्लेषक प्रा. डा. राजीव झाले नेकपामा हाल देखिएको विवाद दुर्घटना उन्मुख नरहेको आफूले बुझेको बताएका छन् ।

उनले लोकान्तरसँग भने, 'दुई पाइलटले चलाएको नेकपा रुपी जेट अहिले आकाशमा हावाहुरी र बाक्लो बादलका कारण टर्बुलेन्स (जहाज बेस्सरी हल्लिने अवस्था)मा फँसेको मात्र हो । यो दुर्घटनामा परिहाल्दैन । नेताहरूले सुझबुझपूर्ण ढंगले निर्णय गर्नेमा म विश्वस्त छु ।'

'जब जहाज टर्बुलेन्समा फँस्छ, त्यतिबेलै पाइलटहरूको वास्तविक कुशलता र क्षमताको परीक्षण हुने हो,' उनले थपे, 'नेकपाका दुई अध्यक्षले यस्तो अवस्थामा पक्कै पनि परिपक्व निर्णय लिनुहुनेछ र नेकपाको दुर्घटना टर्नेछ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x