×

NMB BANK
NIC ASIA

नेकपामा किचलो : आआफ्नो रणनीति तय गर्दै ओली र प्रचण्ड–नेपाल समूह, स्थायी कमिटी बैठकमा रोकिएन राजीनामा माग्ने क्रम

असार १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुरस्थित होटेलमा प्रचण्ड-नेपाल समूहको बैठक
सत्तासिन नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे आन्तरिक किचलाे छताछुल्ल भएका बेला नेताहरु समूहगत छलफलमा लागेका छन्।

Sagarmatha Cement
Muktinath Bank

बुधबार दास्राे दिन बसेकाे नेकपा स्थायी कमिटी बैठक केही नेताहरुले बाेलेपछि स्थगित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ललितपुरकाे झम्सीखेलस्थित एक हाेटलमा भइरहेकाे छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य एवम गृहमन्त्री रामबहादुर थापा (बादल) रहेका छन्।


Advertisment
Nabil box
Kumari

 छलफलमा प्रचण्ड र नेपाल समूहका केही स्थायी समिति सदस्य पनि सहभागी छन् । छलफलले भाेलि बस्ने स्थायी कमिटी बैठककाे रणनीति तय गर्नेछ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले  बुधबार बिहान मात्रै बालुवाटारमा आफ्नो समूहको भेला गराएका थिए।

स्थायी कमिटी बैठकमा नेताहरुले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीकाे राजीनामा मागेपछि नेकपामा गम्भीर माेडमा पुगेकाे अनुमान गरिएकाे छ। प्रम ओलीले नै आफूलाई पदबाट हटाउन चलखेल भएकाे भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि नेकपाकाे विवाद छताछुल्ल भएकाे थियाे।


ओलीलाई कमजोर बनाएरै जाने झम्सीखेल बैठकको निष्कर्ष
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एउटा समूहले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमजोर बनाएरै लैजाने रणनीति अबलम्बन गरेको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बुधबार साँझ ललितपुरको झम्सीखेलमा बसेको बैठकले ‘परिस्थिति जटिल बन्दै गएको निष्कर्षसहित ओलीलाई कमजोर बनाएरै लैजाने' रणनीति लिएको हो।

नेकपाको आन्तरिक किचलो छताछुल्ल भएका बेला अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रचण्ड-नेपाल समूहका केही स्थायी समिति सदस्यबीच छलफल भएको थियो।

छलफलले भोलि बिहीबार बस्ने स्थायी कमिटी बैठकको रणनीति तय गरेको हो। प्रधानमन्त्री ओलीले बुधबार बिहान मात्रै बालुवाटारमा आफ्नो समूहको भेला गराएपछि प्रचण्ड नेपाल-समूह सक्रिय बनेको हो।

स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागिसकेका छन्।  भोलिको स्थायी कमिटीमा ओली कुन ढंगले प्रस्तुत हुन्छन् ? भनेर ध्यान केन्द्रीत भएका बेला प्रचण्ड-नेपाल समूहले  पनि रणनीति लिएको हो।

हुन् त ओलीको राजीनामाको माग यसअघि सचिवालय बैठकमा पनि उठेको थियो। तर, ओलीले आत्मालोचना गरेर अघि बढ्ने बताएपछि विवाद साम्य भएको थियो। 

तर, केही दिन अघि ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन पार्टीकै नेताहरु समेत लागेकाे औपचारिक अभिव्यक्ति दिएपछि उनी चर्काे विवादमा परे।

मंगलबारको स्थायी कमिटी बैठकमा प्रचण्डले आफूले राजीनामा मागेको बताएका थिए, भने अन्य स्थायी कमिटी सदस्यहरुले पनि ओलीको राजीनामा माग गरेपछि उनी अफ्ठेरोमा परेका हुन्।

बुधबार पनि सचिवालय बैठक बसेको थियो। तर, केही सदस्यहरुले धारणा राखेपछि बिहीबारका लागि स्थगित भएको छ।   

नेकपामा मध्यमार्गी उपाय : सरकार चलाउन पार्टीमा उच्चस्तरीय संयन्त्र !
पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधानका विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र मध्यमार्गी उपायहरूको चर्चा हुन थालेको छ ।

जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बुधवार पनि नरोकिएपछि अध्यक्षसमेत रहेका ओली केही हच्केको महसूस स्थायी कमिटी सदस्यहरूले गरेका छन् ।

बुधवारको स्थायी कमिटी बैठकमा बोल्ने ५ मध्ये २ जनाले मुख फोरेरै ओलीको राजीनामा मागे भने अन्य २ जनाले पनि सरकारको आलोचना गर्दै घुमाउरो भाषामा राजीनामालाई नै विकल्पको रूपमा अघि सारे ।

मंगलवारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश वक्ताहरूले पनि ओलीको राजीनामा मागेका थिए ।

बुधवार स्थायी कमिटी बैठक शुरू हुनुअघि बालुवाटार पुगेका केही मन्त्री र ओलीनिकट नेताहरूले बैठकमा उठेका कुरा धैर्य भएर सुन्न सुझाव दिएका थिए ।

स्रोतका अनुसार बुधवार बिहानको छलफलमा ओली अलि नरम भएर प्रस्तुत भएका थिए ।

'ल भन्नुस् न त म के गरूँ' भन्ने शैलीमा ओली प्रस्तुत भएको छलफलमा सहभागी एक नेताले बताए ।

जवाफमा नेताहरूले मध्यमार्गी बाटो खोजिने र कसैलाई पनि अपमान नहुने ढंगले बैठकको समापन हुने आश्वासन दिएका थिए ।

'पार्टीका अध्यक्ष प्रचण्डसँग र आवश्यक परे सचिवालय बैठक बोलाएर भएपनि आफ्नो भनाइ स्पष्ट राख्नुपर्ने सुझाव दिएका छौं,' छलफलमा सहभागी एक नेताले लोकान्तरसँग भने, 'हामीले स्थायी कमिटी बैठकले कसैको पनि अपमान नहुने गरेर निकास निकाल्नेमा ढुक्क हुन आग्रह गर्‍यौं ।'

ओली एकपटक अध्यक्ष प्रचण्डसँग गहन छलफल गरेर अघि बढ्ने मनस्थितिमा देखिन्छन् । 'सम्भवतः बुधवार साँझ नै अध्यक्षद्वयबीच गम्भीर कुराकानी हुनेछ,' नेकपा उच्चस्रोतको दाबी छ ।

ओलीलाई जबरजस्ती राजीनामा गर्न लगाउँदा या बैठकबाट निर्णय नै गरेर हटाउने प्रक्रियामा जाँदा प्रधानमन्त्रीले शक्तिको दुरुपयोग गर्न सक्ने र त्यसले पार्टी र देशको भविष्य नै खतरामा पर्ने सक्ने विषयमा खुमलटार जानकार छ ।

बुधवार प्रचण्डले आफूनिकटका नेताहरूलाई खुमलटार बोलाएर यही विषयमा छलफल गरेका थिए ।

ओली सेरेमोनियल अध्यक्ष !

ओलीलाई अध्यक्षबाट हटाउन विधान नै संशोधन गर्नुपर्ने र त्यसका लागि केन्द्रीय कमिटीको बैठक आवश्यक रहन्छ । स्थायी कमिटी बैठकबाट ओलीलाई अध्यक्षबाट हटाउने भन्दा पनि 'सेरेमोनियल' अध्यक्ष बनाउने र त्यहीअनुसार निर्णय गराउन सकिने खुमलटारको हिसाबकिताब छ ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन पनि त्यति सजिलो नरहेको नेताहरूको बुझाइ छ । सरकार सञ्चालनमा एकलौटी गर्ने गरेको आरोप लागेका ओलीलाई पार्टीकै नेताहरू सम्मिलित उच्चस्तरीय संयन्त्र बनाएर नियन्त्रण गर्न सकिने निष्कर्षमा प्रचण्ड-माधव पुगेका छन् ।

उच्चस्तरीय संयन्त्र निर्माणको बहस !

सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र निर्माणको विषय बाहिर बहसमा आइसकेको छैन । तर बुधवारको स्थायी कमिटी बैठकमा बोल्दै योगेश भट्टराईले संयन्त्र बनाएर सरकार चलाउन सकिने संकेत गरेका थिए ।

भट्टराईले सचिवालयको विकल्प स्थायी कमिटी नभएको भन्दै सकेसम्म शीर्ष नेताहरूबीच नै विवाद समाधान हुनुपर्ने बताए । 'विवाद समाधानका लागि संयन्त्र बनाएर अघि बढ्न सकिन्छ,' भट्टराईको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई भने ।

प्रचण्डको 'उच्चस्तरीय संयन्त्र'सँग विशेष लगाव छ । उनले विश्वव्यापी महामारीको रूप लिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागिसमेत सर्वदलीय संयन्त्र निर्माणको प्रस्ताव गरेका थिए । ओलीले त्यसको ठाडै विरोध गरे र बेमौसमी बाजाको संज्ञा दिएपछि प्रचण्ड पछि हटेका थिए ।

यसअघि पनि झलनाथ खनाल नेतृत्वको सरकार बनेपछि सरकार सञ्चालनका लागि सरकारमा संलग्न राजनैतिक दलहरूको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने सहमति भएको थियो ।

उच्चस्तरीय संयन्त्रले सरकारलाई पार्टीप्रति उत्तरदायी बनाउने र क्षति न्यूनीकरण गर्न सक्ने प्रचण्डको बुझाइ छ । खुमलटारनिकट स्रोत भन्छ, 'स्थायी कमिटी बैठकमा एजेण्डाहरूमाथिको छलफलपछि प्रचण्ड-नेपालको तर्फबाट यो प्रस्ताव आउन सक्छ ।'

प्रचण्डले पनि बुधवार बिहान आफ्नै निवासमा नेताहरूसँग परामर्श गरेका थिए ।

‘समाधान नै नहुने भन्ने हुन्न, सरकार सञ्चालनका लागि संयन्त्र बनाउने र प्रचण्डलाई व्यावहारिक रूपमा नै कार्यकारी अधिकार दिने गरी समाधान निस्कन सक्छ,’ एक स्थायी कमिटी सदस्यले भने ।

राजीनामा मागको शृंखला !

मंगलवारको बैठकमा अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेताद्वय नेपाल र खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत अधिकांशले ओलीको राजीनामा माग गरेका थिए ।

बुधवार पनि ओलीको राजीनामा माग्ने क्रम रोकिएन ।

मंगलवारको बैठकपछि स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले संस्थागत रूपमै प्रधानमन्त्रीको राजीनामा मागिएको पहिलोपटक भएको बताए ।

'संस्थागत रूपमै स्थायी कमिटी सदस्यहरूले असन्तुष्टि पोखेपछि एउटा निकास त निस्कनै पर्छ,' पौडेलले भने । 

मंगलवारको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच छलफल हुने र आवश्यक परे सचिवालयको बैठक बस्ने बताएका थिए ।

सरकारलाई स्वेच्छाचारी ढंगले चल्न नदिन पनि संयन्त्र आवश्यक रहेको प्रचण्डनिकट एक स्थायी कमिटी सदस्य बताउँछन् ।

‘अहिलेको विवादको चुरो पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने भन्ने हो । संयन्त्र बन्यो भने सरकार यसरी स्वेच्छाचारी हुन पाउँदैन,’ उनले भने ।

नेकपा टर्बुलेन्समा फँसेको हो, दुर्घटना हुँदैन - विश्लेषक झा

यसैबीच नेपाल चीन मामिलाका जानकार एवं स्वतन्त्र विश्लेषक प्रा. डा. राजीव झाले नेकपामा हाल देखिएको विवाद दुर्घटना उन्मुख नरहेको आफूले बुझेको बताएका छन् ।

उनले लोकान्तरसँग भने, 'दुई पाइलटले चलाएको नेकपा रुपी जेट अहिले आकाशमा हावाहुरी र बाक्लो बादलका कारण टर्बुलेन्स (जहाज बेस्सरी हल्लिने अवस्था)मा फँसेको मात्र हो । यो दुर्घटनामा परिहाल्दैन । नेताहरूले सुझबुझपूर्ण ढंगले निर्णय गर्नेमा म विश्वस्त छु ।'

'जब जहाज टर्बुलेन्समा फँस्छ, त्यतिबेलै पाइलटहरूको वास्तविक कुशलता र क्षमताको परीक्षण हुने हो,' उनले थपे, 'नेकपाका दुई अध्यक्षले यस्तो अवस्थामा पक्कै पनि परिपक्व निर्णय लिनुहुनेछ र नेकपाको दुर्घटना टर्नेछ ।

बुधवारको बैठकमा बोलेका ५ मध्ये ४ जनाले मागे ओलीको राजीनामा !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बुधवार बसेको बैठकमा बोल्ने ५ जना सदस्यमध्ये ४ जनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । 

बुधवारको बैठकमा स्थायी कमिटी सदस्य लीलामणि पोखरेल र मातृका यादवले खुलेरै ओलीको राजीनामा माग गरेका थिए । 

नन्दकुमार प्रसाइँ र पेशल खतिवडाले भने सरकरको आलोचना गर्दै घुमाउरो पारामा राजीनामा मागेका थिए । 

स्रोतका अनुसार बुधवारको बैठकमा बोलेका स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्रीको राजीनामा मागेनन् ।

बरु उनले प्रधानमन्त्रीसहित पार्टी सचिवालय सदस्यहरूको आलोचना गर्दै सच्चिएर आउन सुझाव दिए । 

बिहान मात्र प्रधानमन्त्रीसँग छलफल गरेका भट्टराईले कुनैपनि हालतमा पार्टी एकतालाई बचाउन तथा अन्तरविरोधको समाधानका लागि पहल गर्नुपर्ने बताएका थिए । 

यादवले ओलीले पार्टीको छवी बिगारेको समेत आरोप लगाए । 

यसअघि मंगलवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायत १७ जनाले ओलीको राजीनामा माग गरेका थिए ।

नेपाली कांग्रेसकी बहालवाला सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संसद्मा शोक प्रस्ताव पारित गर्न जानुपर्ने भएकाले आजको बैठक छोटो समयमा टुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटीको बैठक बिहीवार बिहान पुनः बस्नेछ ।


बालुवाटारमा मन्त्रीहरूले केपी ओलीलाई के सुझाव दिए ? योगेश भट्टराईको यस्तो आशा
नेकपा स्थायी कमिटी बैठकमा राजीनामा मागिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बिहान बालुवाटारमा मन्त्रीहरूसँग छलफल गरेका छन् ।

ओलीसँगको छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पार्टी सकारात्मक दिशामा अगाडि बढ्ने आशा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले स्थायी कमिटी सदस्यसँग छलफल गरेकोबारे सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मन्त्री भट्टराईले विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रमलाई सुझाव दिइएको बताए ।

मंगलवारको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम लगायत नेताहरूले ओलीको राजीनामा मागेका थिए ।

नेकपा बैठकमा राजीनामाको मागलाई डटेर प्रतिवाद गर्ने ओली पक्षको रणनीति
नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा माग गरिएपछि केपी शर्मा ओली पक्षले त्यसको प्रतिवादको तयारीमा जुटेको छ ।

मंगलवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायतले ओलीको राजीनामा माग गरेका थिए । 

मंगलवारको बैठकमा प्रचण्ड–नेपाल समूहले एकै स्वरमा राजीनामा माग गरेपछि ओली समूहले हिजोदेखि नै रणनीति बनाएको थियो । ‘यो बेला प्रधानमन्त्रीको राजीनामा माग गर्नु राजनीतिक अस्थिरता लम्ब्याउने चालबाजी हो, कसैले माग्दैमा राजीनामा नदिने, डटेर सामना गर्ने हामीहरूको निष्कर्ष छ,’ एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘राजीनामाको मागलाई हामी प्रतिवाद गर्ने तयारीमा जुटेका छौं ।’

मंगलवारको बैठकमा प्रचण्ड–नेपाल समूहका १७ जनाले ओलीको राजीनामा माग गरेका थिए । बुधवारको बैठकमा ओली समूहका स्थायी कमिटी सदस्यहरूले बोल्ने तयारी गरेका छन् । 

स्थायी कमिटी बैठकको तयारी स्वरुप प्रधानमन्त्री ओलीले बुधवार बिहान मन्त्रिपरिषद्मा रहेका स्थायी कमिटीका सदस्यसँग परामर्श गरेका थिए । बैठकमा सहभागी स्थायी कमिटी सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन तथा अन्तरविरोधको समाधानका लागि पहल गर्न सुझाव दिइएको बताए । 

असार १० गते शुरू भएको नेकपा बैठकका लागि ७ वटा एजेण्डा तय गरिएको थियो । आइतवार बालुवाटारमा आयोजना गरिएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय संयन्त्र र पार्टीकै नेताहरू लागिपरेको अभिव्यक्ति दिएपछि मंगलवारदेखि नेकपाको बैठकको एजेन्डा परिवर्तन भएको थियो । 

ओलीको राजीनामा माग गरिएपछि नेकपा भित्रको विवाद सतहमा आएको छ । 


ओलीको राजीनामा मागिएपछि बालुवाटारमा बिहानै मन्त्रीहरूको आकस्मिक भेला
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा शीर्ष नेताहरूले खुलेरै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि बालुवाटारमा मन्त्रीहरूको आकस्मिक भेला बोलाइएको छ ।

मंगलवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायतले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।

पार्टी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागेपछि विकसित घटनाक्रमबारे छलफल गर्न ओलीले बुधवार बिहानै बालुवाटारमा मन्त्रीहरूको आकस्मिक भेला बोलाएका हुन् । ‘औपचारिक मन्त्रिपरिषद् बैठक होइन, विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न आकस्मिक रुपमा अनौपचारिक छलफल गर्न खोजिएको हो,’ बालुवाटाुर पुगेका एक मन्त्रीले लोकान्तरसँग भने ।

सरकार र पार्टी सञ्चालनमा ओली असफल भएको आरोप लगाउँदै पार्टीका अधिकांश नेताहरूले ओलीको राजीनामा मागेका छन् । मंगलवारको बैठकमा शीर्ष नेताबीच नै चर्काचर्की परेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x