×

NMB BANK
NIC ASIA

नागरिकताबाट पतिको नाम हटाउने प्रस्ताव

असार १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ। समिति सभापति शशि श्रेष्ठले (झुक्याएर) यस्तो प्रावधान राखेर प्रतिवेदन पठाएको भन्दै सत्तासीन नेकपाकै सांसदले असन्तुष्टि जनाएका छन्।

Sagarmatha Cement
Muktinath Bank

विवाहित महिलाले पतिको थर हटाउँदै गए तेस्रो पुस्तामा हाडानाताबीच विवाह हुने, पतिको थर राख्न नपाउँदा समाज विभाजित हुने, जातीय विभेद कायमै रहने उनीहरूको तर्क छ। सभापति श्रेष्ठले असार ९ गते प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा पतिको थर राखिएका नागरिकता सच्याएर महिलाले आमा वा बुवाको थर र अन्य विवरण राखी अर्को नागरिकता लिने प्रावधान राखिएको छ। महिलाले पतिको थर राखेर अर्को नागरिकता लिन बन्देज गर्न खोजिएको नेकपाका सांसदको आरोप छ। श्रेष्ठको धारणा भने ‘इच्छुकका लागि मात्र’ छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले नागरिकता ऐेनको दफा १७ मा उपदफा ३ थपेर यस्तो प्रावधान राखेको छ। ‘विवाह वा सम्बन्धविच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गरी आफ्नो आमा वा बाबुको थर, वतन, वा अन्य विवरण राख्न चाहिँ निवेदन दिएमा तोकिएको अधिकारीले आवश्यक कुरा बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची एक पटकको लागि थर, वतन वा विवरण संशोधन गरी अर्को नागरिकता प्रमाणपत्र दिन सक्नेछ’, विधेयकमा छ।


Advertisment
Nabil box
Kumari

विवाहित महिलाले पतिको थर हटाएर नागरिकता लिने र छोराछोरीलाई माइतीकै थर राखेर नागरिकता दिन थाले हाडानाताभित्र विवाह हुने र सामाजिक संरचनामै असर पर्ने समितिका सदस्यको तर्क छ। ‘सम्बन्धविच्छेद भएका महिलाले बाबु वा आमाको नागरिकतातिर फर्किन पाउनु राम्रो हो’, नेकपा सांसद विजय सुब्बाले अन्नपूर्णसँग भने, ‘तर, विवाहित महिलाका हकमा यस्तो व्यवस्था गर्नु उचित होइन।’

Vianet communication
Laxmi Bank

समितिमा पारित नभई झुक्याएर यस्तो प्रावधान राखेर सभापति श्रेष्ठले प्रतिवेदन तयार पारेको सुब्बाको आरोप छ। ‘उपसमितिमा कुरा नमिलेपछि यो विषय समितिलाई नै टुंगो लगाउने जिम्मा दिएका थियौं’, उनले भने, ‘समितिमा छलफल र निर्णय नगराई एकाएक प्रतिवेदनमा समेटेर प्रतिनिधिसभामा पठाइएको रहेछ।’

नागरिकता विधेयकमाथि छलफल गर्न सुब्बाकै संयोजकत्वमा उपसमिति बनेको थियो। ‘यो प्रावधानले तेस्रो पुस्तामा हाडानाताबीच विवाह हुने र कुनै महिलाले चाहे पतिको थर राख्नै नपाउँदा सामाजिक रुपमा अप्ठ्यारो पर्ने निश्चित छ’, सुब्बाले भने, ‘ऐन, कानुनमै पतिको थर राख्न नपाउने व्यवस्था गर्न मिल्छ र ? ’ वंंश परम्परा तोड्ने नाममा पतिको थर नराख्ने भए विवाहपछि महिलाले बाबुकै थर राख्नुको खासै अर्थ नभएको तर्क उनले गरे। भने, ‘आफ्ना निजी स्वार्थका लागि सिंगो महिला वर्गलाई विभाजन गर्न मिल्दैन।’

अर्का सांसद झपट रावलले समितिमा पारित नै नभएको विषय प्रतिवेदनमा समेटेर प्रतिनिधिसभामा पेस गरिएको दाबी गरे। ‘विदेशीलाई नागरिकता दिने प्रावधान विधेयकमा राख्ने प्रयास असफल भएपछि एनजीओ मानसिकताले यस्तो प्रावधान राखिएको हो’, उनले भने, ‘यो विषय समितिबाट टुंगो लागेकै छैन। यसलाई सच्याउनुपर्छ।’

नेपालमा भएका थरहरू सबै बुवाको आधारमा राखिएको तर्क उनले गरे। भने, ‘या त म कसैको थर राख्दिन भन्नुभयो। होइन भने पतिको थर हटाएर बुवाको थर राख्ने कुरामा केही भिन्नता छैन।’ विधेयकमा पतिको थर हटाएर बाबु, आमाको थर राख्न पाइने भए पनि पहिले नै नागरिकता लिएका महिलाले पतिको थर राख्न नपाउने प्रावधान राख्नु उचित नभएको सांसदहरूको भनाइ छ।

समिति सचिवालय भने निर्णय हुनुभन्दा पाँच दिनअगावै प्रतिवेदन सबै सांसदलाई वितरण गरिएको, निर्णयको दिन कुनै पनि सांसदले कुरा नउठाउँदा पारित भएको बताउँछ। ‘समितिमा सहमति भएकोे बाहेक विषयहरु प्रतिवेदनमा आउँदैनन् र आएका छैनन्’, सभापति श्रेष्ठले भनिन्। अन्नपूर्ण पोस्टमा नरेन्द्र साउदले खबर लेखेका छन् । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x