
काठमाडौं १७ वैशाख– संसदको आजको बैठकमा संविधान संशोधनका विषयमा छलफल नहुने भएको छ ।
काग्रेसका पूर्वसांसद नथुनी सिंह दनुवारको निधन प्रति शोक प्रस्ताव पारित गरेर व्यबस्थापका संसदको आइतवारको बैठक स्थगित हुने भएको हो ।
संविधान संशोधन विधेयकमाथि दफावार छलफल गर्ने यसअघिको तयारी रहेपनि आइतवार संशोधनमाथि छलफल नहुने संसद सचिवलय स्रोतले जनायो । बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक १२ बजे सम्म सुरु भएको छैन् ।