×

NMB BANK
NIC ASIA

खुमलटार छलफल : 'पार्टी फुटाउनु हुँदैन, समझदारी गरेर अघि बढ्नुपर्छ'

असार १८, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उत्कर्षमा पुगेको विवाद समाधानका उपायहरूबीच भेटघाट र छलफल जारी छ । 

Muktinath Bank

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ओली समूहका केही नेताहरूसँग बिहीवार आफ्नो निवास खुमलटारमा छलफल गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा पार्टीभित्र समझदारी बढाएर अघि बढ्ने निष्कर्ष निकालिएको छलफलमा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले लोकान्तरलाई बताए । 


Advertisment
Nabil box
Kumari

'आवश्यकताअनुसार दुवै अध्यक्षले त्याग गरेर जानुपर्छ र फूटबाट पार्टीलाई जोगाउनुपर्छ भन्ने कुरामा समझदारी भएको छ,' गजुरेलले भने, 'एउटाले अर्कोलाई नटेर्ने हो भने पार्टी दुर्घटनामा जान्छ । पार्टी नफुटाउने हो भने मिलेर जानुपर्छ । दुर्घटना भयो भने दुवै पक्ष सकिन्छन् ।' 

Vianet communication
Laxmi Bank

छलफलमा प्रचण्ड शुरूमा बोलेका थिए । उनले समस्या कहाँबाट पैदा भएको हो भनेर सोच्न ओलीसमूहका नेताहरूलाई आग्रह गरे ।

'समस्या कहाँबाट आएको हो साथीहरूले बुझ्नुपर्छ,' प्रचण्डको भनाइ उदृत गर्दै सहभागी एक स्थायी कमिटी सदस्यले भने, 'अध्यक्ष प्रचण्डले कडैसँग आफ्ना कुराहरू राख्नुभयो । उहाँले समस्या आफूमा पनि भएको तर त्यो भन्दा बढी समस्या ओलीमा देखिएको छ भनेर भन्नुभयो ।'

खुमलटारमा पार्टी एकतालाई कायमै राख्ने तर जहाँबाट बाटो भुलेको हो त्यहीँ गएर समाधान खोज्नुपर्ने विषयमा भद्र सहमति भएको छ । 

'यदि दुवै पक्ष सिद्धिनबाट जोगिने हो भने अहिले फूटबाट जोगिनुपर्छ,' गजुरेलले भने, 'जहाँबाट बाटो भुलेको हो त्यहीं फर्किनुपर्‍यो । समस्या कहाँबाट शुरू भयो भन्ने कुरा लाई लिएर समाधानको बिन्दु पहिल्याउनु पर्छ ।' 

बैठकमा राजीनामाको विषय पनि उठेको थियो । 'राजीनामा स्थायी कमिटी बैठकमा आएको कुरा हो, निर्णय भइसकेको छैन,' गजुरेलले भने, 'तर एकले अर्कोलाई मिनिमाइज गर्ने र पेलेर जाने भन्ने कुरा नसोचे हुन्छ ।' 

गजुरेलले थपे - 'ओलीले प्रचण्डलाई मिनिमाइज गर्दा यस्तो अवस्था आयो, अब प्रचण्डले ओलीलाई मिनिमाइज गरेर जाँदा त्यही समस्या दोहोरिन्छ । त्यसैले आवश्यकता अनुसार त्याग गर्न दुवै अध्यक्ष तयार हुनुपर्छ । पार्टी अप्ठ्यारै ठाउँमा पुगेको हो, तर फेरि पनि नयाँ समझदारी गरेर अघि बढ्नुको विकल्प छैन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x