ओली नआएपछि प्रचण्डसहित शीर्ष ४ नेता र महासचिव विष्णु पौडेल छलफलमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नआएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू छुट्टै छलफलमा जुटेका छन् ।

ओलीको अनुपस्थितिमा स्थायी कमिटी बैठक औपचारिक रूपमा शुरू हुन सकेको छैन ।


Advertisement

लामो समय कुर्दा पनि ओली नआएपछि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा महासचिव विष्णु पौडेल छलफलमा जुटेका हुन् ।

यसबीचमा मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले संघीय संसद्को बजेट अधिवेशन अन्त्य गर्न सिफारिश गर्ने निर्णय गराइसकेका छन् ।


Advertisement

त्यसअघि उनले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए ।

संसद् अधिवेशन अन्त्य गरेर पार्टी विभाजन गर्न सहज हुने गरी अध्यादेश ल्याउने तयारीमा ओली रहेको आशंका उनीइतर पक्षका नेताहरूले गरेका छन् ।

हालको कानूनी व्यवस्था अनुसार पार्टी विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत सदस्यको समर्थन चाहिन्छ । 

संसदीय दलमा ४० प्रतिशत पुगे पनि केन्द्रीय कमिटीमा ओलीसँग ४० प्रतिशत सदस्य छैनन् ।

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्