बैठक रोकेर नेताहरू छलफलमा, अन्योलमा स्थायी कमिटी

११ बजेका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक पौने २ बजेसम्म शुरू हुन सकेको छैन ।

बैठकका लागि अधिकांश नेताहरू बालुवाटारमा भेला भएपनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि स्थायी कमिटी बैठकले औपचारिकता पाउन नसकेको हो ।


Advertisement

प्रधानमन्त्री ओली मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका थिए । मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन आजैदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष ओली एक घण्टामा उपस्थित हुने भनेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । आधा घण्टाका लागि स्थगित बैठक अहिलेसम्म शुरू हुन नसेकेको नेता हरिबोल गजुरेलले लोकान्तरलाई जानकारी दिए ।


Advertisement

अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलले छलफल गरिरहेका छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्