सचिवालय सदस्यहरू गोप्य छलफलमा हुनुहुन्छ, हामी बैठक कुरेर बसेका छौं– नन्दकुमार प्रसाईं

नेकपा स्थायी कमिटीका सदस्य नन्दकुमार प्रसाईंले अध्यक्ष प्रचण्डलगायत सचिवालयका सदस्यहरू छलफलमा जुटेको जानकारी गराएका छन् ।

प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर सचिवालयका नेताहरू छलफलमा जुटिरहेको उनले जानकारी दिए । 


Advertisement

प्रधानमन्त्री निवास बालुवाटार परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले ओली नआउँदा स्थायी कमिटीको बैठक सुचारू हुन नसकेको बताए । 

‘उहाँले बैठकमा आउन पनि सक्छु, नआउन सक्छु भन्ने खालको दोधारे सन्देश पठाउनु भएछ, त्यसपछि प्रचण्ड कमरेडले बैठक शुरू गर्नुभएको थियो, त्यो पनि धेरै चलेन,’ प्रसाईंले भने ।
बैठकमा केशव बडाललगायत ओली पक्षका सदस्यहरूले बोलेपछि पक्ष/विपक्षमा ख्यालठट्टा जस्तो भएको उनले बताए ।


Advertisement

प्रसाईंले सहमतिमै अघि बढ्ने प्रयास जारी रहेको बताए ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्