
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपालाई करीब दुईतिहाइको सरकार नपचेको टिप्पणी गरेका छन् ।
नेकपा विवाद उत्कर्षमा पुगेका बेला बाबुरामले ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
बाबुरामले ट्वीटमा लेखेका छन्–
'कुनै–कुनै प्रणीलाई घ्यु पच्दैन रे ! हाम्रा कमरेडहरूलाई पनि दुईतिहाइ करीब बहुमतको सरकार नपचेको जस्तो छ। त्यो अजीर्णताले संसद् र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो ! सबै सजग रहौं र खबरदारी गरौं- यत्रो त्याग/बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !'
हेर्नुहोस्, बाबुरामको ट्वीट :
कुनैकुनै प्रणीलाई घीउ पच्दैन रे! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ।त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो! सबै सजग रहौं र खबरदारी गरौं- यत्रो त्याग/बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!
— Baburam Bhattarai (@brb1954) July 2, 2020