×

NMB BANK
NIC ASIA

मकैबारीमा फौजी कीराको आक्रमण, गाईवस्तु मर्ने डरले किसानले छर्किएनन् विषादी

असार १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बराहताल गाउँपालिका–६ बुटीकी मनसरी दर्लामीको मकैबारीमा फौजी कीराले आक्रमण गरेको छ । कीराको आक्रमणले मकै सत्यानाश हुन थालेपछि उनी आत्तिएकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

‘अब मकै नै नहुने भएपछि के खानु, कसको आश मान्नु ?’ उनले भनिन्, ‘पहिले लगाएको मकै पूरै कीराले खाएको हो । फेरि लगाएको मकैमा भने कीरा लाग्न थालेको छ । कसलाई भन्नु कसलाई पीडा सुनाउनु ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय रणबहादुर सिजापती मगरको मकैबारीमा पनि कीरा लागेको छ तर उनले कीरा नियन्त्रण गर्न विषादी पाएनन् । ‘गाँउमा विषादी बाँडेको सुनेको थिएँ तर मलाई कसैले पनि मकै बचाउन विषादी दिएनन् । जहिले पनि आफ्नैलाई दिइने प्रचलन कहिले अन्त्य होला खै ?’ उनले सोधे ।


Advertisment
Nabil box
Kumari

वडाको ईखिनीकी ज्ञानु वादीलाई पनि कीराले समस्या गरेको छ । ‘गाउँभरि नै फौजी कीराले आक्रमण गरिरहेको छ । गाउँपालिकाबाट हामीलाई पानी मिसाएर छर्न भनेर १ सिसी विषादी दिएका थिए । त्यो विषादी प्रयोग गरेपछि ४५ दिनसम्म घाँस र मकै गाईवस्तुलाई नखुवाउनु, नत्र मर्छन् भन्ने सुझाव दिए,’ उनले भनिन्, ‘बरु मकै नफले नफल्ला, भोकै बसौंला, ऋण काँढेर खाऔंला तर भैंसी, बाख्रा खरिद गर्न समस्या हुने भएका कारण हामीले विषादी छर्न सकेनौं ।’

Vianet communication
Laxmi Bank

भेटेनरी अध्ययन गरेको प्रकाश रावतले गाउँपालिकाले २ हप्ताअघि विषादी दिएपनि गाउँमा कहीँकतै प्रयोग नभएको बताए । ‘४५ दिनमा मकै फलिसक्ने र विषादी छरेमा गाईवस्तुले खाइदिएको खण्डमा ठूलो नोक्सानी व्यहोर्नुपर्ने आशंका कारण उहाँहरूले विषादी प्रयोग गर्न मान्नुभएको छैन,’ उनले भने, ‘हामीले त्यस्तो होइन भन्दा पनि कृषि प्राविधिकले त्यस्तै भनेको बताउँदै विषादी घरमै थन्क्याएका छन् ।’

कीरा नियन्त्रण गर्ने विषादी गाउँलेको हातमा परे पनि प्रयोग नभएको सुन्दा दुःख लागेको बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्माले बताइन् । ‘हामी प्राविधिकलाई फेरि त्यहाँ पठाउँछौं र किसानका समस्या समाधान गर्ने प्रयास गर्छौं,’ उनले भनिन् ।

कृषि विकास निर्देशनालयका सूचना अधिकारी यामबहादुर रानाले कीरा मार्ने विषादी (इमाम्याक्टेन बेन्जोटेड ५ प्रसेन्ट एसजी) ५ ग्रामलाई १६ लिटर पानीमा राखेर मकैको गुवामा पर्ने गरी छर्कनुपर्ने बताए । ४५ दिनसम्म मकै काट्न वा बारी भित्रको घाँस काट्न नहुने भन्ने कुरा सत्य नभएको बताउँदै उनले मकैको पात ७ दिनसम्म काट्न नहुने बताए ।

‘विषादी छरेको ७ दिनपछि मात्रै मकैलाई घाँसको रुपमा प्रयोग गर्न सकिन्छ । यद्यपि बीचैमा गाईवस्तुले खाइदिए भने पनि गाईवस्तु मरिहाल्ने भन्ने हुँदैन । थोरै असर गर्छ भनेर नै त्यस्तो भन्ने गरिएको हो,’ उनले भने । कार्यालयबाट औषधि खरिद गरेर विभिन्न स्थानमा पठाइसकेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x