कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने बताएका छन्।
मन्त्रालयका बिहीबार आयोजित नियमित खोपमार्फत नयाँ खोप रोटा खोप र सरसफाइ प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गर्दै उनले रोगको नियन्त्रण, निवारण र उन्मूलन गरी बालबालिकामा हुने रोगाणुदर, अपाङ्गतादर र मृत्युदरमा कमी ल्याई बालस्वास्थ्यमा सुधार ल्याइने बताए।
मन्त्री ढकालले अन्तर्राष्ट्रिय, राष्ट्रिय लक्ष्य, उद्देश्य र प्रतिबद्धतानुसार खोप सेवाको प्रभावकारी सञ्चालन र व्यवस्थापनमा नेपाल सरकार सदैव कटिबद्ध रहेको बताउँदै यो कार्यक्रबाट बालबालिकामा हुने सङ्क्रामक रोगहरु नियन्त्रण, सरसफाइ प्रवद्र्धन, बच्चाका लागि स्तनपान, बच्चालाई सुरक्षित र पोषिलो खाना खुवाउने, आवश्यक समयमा हातधुने, सबैले सफा चर्पीको प्रयोग गर्ने र बालबालिकालाई पूर्णखोप लगाउने जस्ता व्यवहारहरु परिवर्तन भई समग्र बालस्वास्थ्यमा समेत सुधार आउने बताए।
उनले कतिपय सङ्क्रामक रोगहरु हामीले नियन्त्रण गरिसक्दा अझ पनि शिशु तथा बालबालिकामा झाडापखाला भइरहने र मृत्यसमेत हुने गरेकाले रोटा भाइरस विरुद्धको खोप सञ्चालन गर्न थालिएको बताए। उनले भने, “सरसफाइ प्रवद्र्धन कार्यक्रम हालको विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागिसमेत सान्दर्भिक छ ।’’
मन्त्री ढकालले नेपालमा अझ पनि एक प्रतिशत बालबालिका खोप शून्य अवस्था र करिब २१ प्रतिशत बालबालिका आंशिक खोप पाएको अवस्था रहेको उल्लेख गर्दै खोप सेवाको प्रभावकारी ब्यवस्थापन र सञ्चालन गरी सबै बालबालिकाले पूर्णखोप प्राप्त गरेको सुनिश्चित गर्न स्थानीय तहले विशेष पहल र प्राथमिकता दिनुपर्नेमा जोड दिए।
रोटा खोप झाडापखालाविरुद्ध दिइने खोप हो । वर्षेनी तीन लाख ५० हजार देखि चार लाख बालबालिकालाई झाडापखाला लाग्ने र तीमध्ये ९ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेका छन् । पहिलो पटक ६ हप्तामा र दोस्रो पटक १० हप्तामा बालबालिकालाई उक्त खोप खुवाइने गरिन्छ । खोपको मात्रा १.५ मिलिलिटर हुन्छ ।
सरकारले शिशु तथा बालबालिकाको स्वास्थ्य रक्षाका लागि नयाँ खोपको रुपमा राष्ट्रिय खोप कार्यक्रममा रोटा खोप समावेश गरेको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...