भारत-चीन सीमा विवाद: लद्दाखमा भारतीय सेनाकाे 'स्पेशल फोर्स' तैनाथ

फाइल फोटो।

भारत र चीनबीच सीमा विवाद कायमै रहेका बेला लद्दाखमा भारतीय सेनाकाे स्पेशल फाेर्न तैनाथ भएकाे छ।

भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार देशका अलग-अलग स्थानमा रहेकाे स्पेशल फोर्सकाे युनिटलाई लद्दाखमा लगिएकाे हाे। जहाँ उनीहरु अभ्यास गरिरहेका छन्।


Advertisement

स्पेशल फोर्सकाे टुकडी पूर्वी लद्दाखमा तैनाथ गरिएकाेआजतकले आफ्नाे अनलाइन संस्करणमा उल्लेख गरेकाे छ।

भारतमा १२ भन्दा बढी स्पेशल फोर्सकाे रेजिमेन्ट रहेकाे बताइन्छ। अलग-अलग इलाकामा तालिम दिइन्छ।  


Advertisement

​गत जुन १५ मा लद्दाखकाे गलवान घाटीमा भएकाे हिंस्रक झडपमा २० भारतीय सैनिक मारिएका थिए। याे घटनासँगै भारत-चीन सीमा विवाद सतहमा आएकाे हाे।  

दुबै देशकाे सैनिकस्तरमा बेलाबेला वार्ता हुने गरेपनि विवाद साम्य भइसकेकाे छैन।  

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्