अचानक लद्दाख पुगे भारतका प्रधानमन्त्री मोदी

भारत र चीनबीच सीमामा तनावको स्थितिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रवार लद्दाख पुगेका छन् । 

उनी लद्दाखको राजधानी लेह पुगेका हुन् । उनी भिडन्त भएको स्थान गलवान उपत्यका जान्छन् कि जाँदैनन् भन्ने स्पष्ट भइसकेको छैन । 


Advertisement

जानकारीमा आए अनुसार, मोदीले गलवान भिडन्तमा घाइते भएर लेहमा उपचार गराइरहेका जवानहरूलाई भेट्नेछन् ।  

चीफ अफ डिफेन्स स्टाफ विपिन रावत पनि शुक्रवार बिहानै लेह पुगिसकेका छन् । यसअघि वायुसेना प्रमुख र सेनाप्रमुख पनि लेह पुगिसकेका छन् ।


Advertisement

भारतको विदेश मन्त्रालयका प्रवक्ताले बिहीवार सीमामा गतिरोध हटाउनका लागि आह्वान गरेको भए पनि तनाव मत्थर बनाउने प्रक्रियालाई निकै समय लाग्ने बताइएको छ । शान्ति र डिसइन्गेजमेन्टका कुरा गरे पनि चिनियाँ जनमुक्ति सेना गलवान, गोगरा, हट स्प्रिङ्स र पांगोङ त्सोबाट हट्न निकै समय लाग्नेछ र उनीहरूले धेरै नै फकाउनुपर्ने देखिन्छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्