पाकिस्तान र चीनले मिलेर बनाउँदैछन् खतरनाक रणनीति

भारतका जासूसी सूत्रहरूले बताएअनुसार, चिनियाँ जनमुक्ति सेनाका सैनिकहरू खैबर पख्तूनख्वाको मानसेहरा र मुजफ्फराबादमा पाकिस्तानी सेनाका लागि रणनीतिक सुरुङ बनाइरहेका छन् । 
 

आजतकमा छापिएको खबरअनुसार, पाकिस्तानमा चीनका प्राविधिकहरू यो सुरुङ बनाउन पाकिस्तानी सेनालाई सहायता गरिरहेका छन् । सूत्रहरूका अनुसार, पाकिस्तानको जासूसी संस्था आईएसआईको सहायताले पाकिस्तानी


Advertisement

सेनालाई स्टील बुलेटको कन्साइनमेन्ट पठाइएको छ । पाकिस्तानी सेनाले जैश तथा लश्कर आतंकवादी समूहलाई यी स्टील बुलेटहरू सहित कश्मीर पठाउन खोजिरहेको छ । 

चीनसँग पाकिस्तानले विंग लूङ–२ ड्रोन किनेको बताइन्छ । ती ड्रोनहरू पाकिस्तानअधीनस्थ बोई, मदारपुर, फगोश र देवलियाँमा पाकिस्तानी सेनाले यी ड्रोनहरू परिचालन गरिरहेको छ । 


Advertisement

चीनले सटीक निशाना लगाउने हतियार पनि पाकिस्तानलाई उपलब्ध गराएको छ । त्यसलाई पाकिस्तानले पीओकेका अनेकौं फरवार्ड डिफेन्स लोकेसनमा तैनाथ गरेको छ । 

पाकिस्तानको नैरोवाल क्षेत्रमा सैन्य गतिविधि बढेको बताइएको छ । त्यहाँ पाकिस्तानले फाइटर जेट र सैन्य तैनाथी बढाएको छ ।

पाकिस्तानले एसएसजीको कमान्डो पनि भारी संख्यामा बढाएको बताइएको छ । उसले भारतसँगको सीमा नजिक हतियार पनि बढाएको छ । चीनको सहायताका लागि उसले यी कदमहरू चालिएको बताइएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्