खुल्यो सुनै सुनले बनेको संसारको पहिलो होटल

सुनै सुनले बनेको संसारको पहिलो होटल भियतनामको राजधानी हनोईमा खुलेको छ । 

त्यहाँका भित्तो, ढोका, झ्याल, कप, टेबल, खानेकुरा राख्ने भाँडो, शावर, भुइँ सबै सुनकै छन् । 


Advertisement

बिहीवार होटलको शुभारम्भ गरिएको हो । 

होटलको नाम डोल्चे हनोई गोल्डन लेक हो । 


Advertisement

यो फाइभ स्टार होटल हो र २५ तल्ले छ । होटलमा ४०० वटा कोठा छन् । होटलको बाहिरी भित्तोमा लगभग ५४ हजार वर्गफीटमा सुनौलो टाइल लगाइएको छ । 

होटलको स्टाफको ड्रेस कोड पनि रातो र सुनौलो छ । लबीमा फर्निचर र सजावटमा पनि सुनौलो कलाकृति छ । 

छतमा स्विमिङ पूल छ । त्यहाँबाट हनोई शहरको सुन्दर दृश्य देखिन्छ । 

मानिसहरूको आकर्षण यस होटलप्रति उच्च देखिएको छ ।

होटलको निर्माण सन् २००९ बाट शुरू गरिएको हो । 

यसलाई दक्षिणपूर्वी एसियाकै सबभन्दा विलासी होटल मानिएको छ । 

सुनले मानसिक तनाव कम गर्न सहायता गर्ने बताइन्छ । तनाव कम भएमा मात्र रिल्याक्स गर्न सकिन्छ । त्यसैले होटल व्यवस्थापनले होटलमा यति धेरै गोल्ड प्लेट राखेको हो । 

यस होटलको प्रेसिडेन्सिय सुइटमा बस्न एक रातको लगभग ८ लाख रुपैैयाँ तिर्नुपर्ने हुन्छ । होटलका कोठाहरूको सबभन्दा कम मूल्य नै लगभग ३० हजार रुपैयाँ छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्