६ लेन सडकको किनारमा लगाइएका रुख अज्ञात समूहले काटे

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

रुपन्देहीको बुटवल बेलहिया सडकखण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको किनारमा लगाइएका रुख काटिएका छन् ।

 तिलोत्तमाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको मणिग्रामदेखि नयामिल तर्फका ३२ वटा बिरुवा गए राती अज्ञात समुहले काटेको हो ।


Advertisement

रातको समयमा उक्त क्षेत्रमा रहेको हरीयाली क्षेत्रका ३२ वटा बिरुवा ३ जनाको समुहले मिलेर काटेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

राती ३ जनाको समुहले मिलेर  त्यहा रहेका सिसिटिभी फुटेजबाट नगरप्रमुख घिमिरेले भने । गत बर्ष लगाइएका उक्त बिरुवाहरु हुर्की सकेको अवस्थामा फेदै बाट काटिएको छ ।  


Advertisement

गत वर्ष साउन २ गते सोही सडकको शंकर नगर चोकदेखि नयाँ मिलसम्म मेडिएनमा राखिएका ५ वटा मुर्ति क्षतविक्षत हुने गरी फुटाइएको थियो ।
 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्