सेनाका उपरथी शाही र सहायक रथी पुनलाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका उपरथी प्रेम शाही र सहायक रथी प्रेमबहादुर पुनलाई  शुक्रवार दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को असार १५ गतेको निर्णयअनुसार शाहीलाई उपरथी र पुनलाई सहायक रथीमा बढुवा गरिएको थियो ।


Advertisement

सैनिक मुख्यलयले जारी गरेको विज्ञप्तिअनुसार शाहीले युद्धकार्य महानिर्देशनालयको महानिर्देशक र पुनले प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी पाएका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्