ओली सरकारको समर्थनमा बुटवलमा प्रदर्शन

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारको समर्थनमा शुक्रबार बुटवलमा प्रदर्शन भएको छ ।

प्रधानमन्त्री ओलीको पक्षमा मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश पाँचले ‘राष्ट्रिय स्वाभिमान र समृद्धि, ओली सरकार नेपाल र नेपालीको भविश्यका निम्ती’ भन्ने नाराका साथ प्रदर्शनमा उत्रिएको थियो । 


Advertisement

लिम्पियाधुरा, कालापानी, लिपुलेक यही सरकार हो फर्काउने, ओली सरकार परिर्वतन गर्न पाइदैन जस्ता प्ले कार्ड सहित युवाहरू सडकमा उत्रिएका थिए । बुटवल मिलनचोकबाट सुरू भएको प्रदर्शन बसपार्क, हस्टिपललाई हुँदै पुष्पलाल पार्क हुँदै ट्राफिकचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । 

सभालाई संवोधन गर्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्टका उपाध्यक्ष कमल गौतमले ओली नेतृत्वको वर्तमान सरकार परिवर्तन बेमौषमको बाजा भएको बताए । उनले राष्ट्रिय एकताका लागि नै ओली आवश्यक रहेको बताए । एकेडेमीका केन्द्रीय उपाध्यक्ष धु्रव आचार्यले राष्ट्रले खोजेको नेतालाई अहिले परिवर्तन सम्भव नभएको बताए ।


Advertisement

एकेडेमीका प्रदेश अध्यक्ष नरबहादुर घर्तीले देश परिवर्तन गर्ने नेतालाई पार्टी र सरकारको नेतृत्वबाट हटाउने कुरा हुनै नसक्ने बताए । कार्यक्रममा युवा संघ,अनेरास्ववियुका नेता कार्यक्रमताहरु सहभागी थिए । यस अगाडि झापा, पोखरा काठमाडौंमा पनि ओली सरकारको समर्थनमा युवाहरूले प्रदर्शन गरेका थिए । 
 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्