×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री राउतद्वारा पुस्तक सार्वजनिक

असार १९, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नीति तथा योजना आयोगद्वारा प्रकाशित विभिन्न पुस्तकको आज यहाँ सार्वजनिक गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आयोगद्वारा प्रदेश पाश्र्वचित्र २०७७, प्रदेश अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन २०७६, प्रदेश योजना तथा कार्यक्रम तर्जुमा दिग्दर्शन २०७७ र प्रदेशस्तरमा दिगो विकास लक्ष्यहरूको आधारशिला प्रतिवेदन प्रकाशित गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश पाश्र्वचित्रमा प्रदेशको परिचय, भौगोलिक अवस्था, आर्थिक तथा सामाजिक अवस्था, भूमि, कृषि, पशुपन्छी, माछापालन, सिँचाइ, उद्योग, खानी पर्यटन, बैंक तथा वित्तीय संस्था, सहकारी, शिक्षा, स्वास्थ्य, पोषण, बालबालिका, युवा, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता, जलस्रोत, ऊर्जा, यातायात सञ्जाल, खानेपानी, सरसफाइको पूर्वाधार, वन, वनस्पति, जडीबुटी, फलपूmल, निकुञ्ज, आरक्ष जैविक विविधता, चुरे क्षेत्र, भूस्खलन तथा बाढीका दृष्टिले संवेदनशील क्षेत्र, सिमसार क्षेत्रको विवरण, खानेपानीको स्रोत, चुरे क्षेत्रमा ऊर्जाको अवस्था, फोहरमैला व्यवस्थापन, विपद्का घटना, सूचना तथा सञ्चारका माध्यम, श्रम तथा रोजगारी, शासकीय व्यवस्था, मानव अधिकार, निर्वाचन र सुशासनसँग सम्बन्धित तथ्याङ्क राखिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश अनुगमन तथा मूल्याङ्कन दिग्दर्शनमा प्रदेशको वार्षिक योजना, बजेट तथा कार्यक्रमलाई व्यवस्थित रूपमा अनुगमन तथा मूल्याङ्कन गर्न सात वटा परिच्छेदभित्र अनुगमन तथा मूल्याङ्कनको अवधारणा, संरचना विधि र व्यवस्थाहरू समेटिएको छ ।

Vianet communication
Laxmi Bank

प्रदेश योजना तथा कार्यक्रम तर्जुृमा दिग्दर्शनमा प्रदेशस्तरको योजना तथा कार्यक्रम तर्जुमा गर्दा आवश्यक पर्ने विषयवस्तुलाई पाँच भागमा मार्गदर्शनका रूपमा राखिएको छ । प्रदेशस्तरमा दिगो विकासका लक्ष्यहरूको आधारशिला प्रतिवेदनमा दिगो विकासका अवधारणा तथा दिगो विकासका १७ वटा लक्ष्यहरूलाई पूरा गर्न प्रदेशस्तरमा स्थानीयकरण गर्ने विषयवस्तु र त्यसका लागि गरिने कार्यक्रम तथा क्रियाकलापलाई प्रस्तुत गरिएको छ ।

सो अवसरमा मुख्यमन्त्री राउतले विकासमा जनताको पहुँचलाई तल्लोस्तरसम्म पु¥याउन र विकासका गतिविधिलाई केलाउन सूचक तथा तथ्याङ्क अपरिहार्य भएको चर्चा गर्दै सूचना तथा तथ्याङ्कले विकासलाई गति प्रदान गर्नमा सहायकसिद्ध हुने गरेको प्रसङ्ग उल्लेख गरे ।

सङ्घीय संरचनाको मर्मअनुरूप प्रदेशको विकासलाई योजनाबद्ध तरिकाबाट अगाडि बढाउन प्रदेश नीति तथा योजना आयोगको गठनपश्चात व्यवस्थित योजना निर्माणको थालनी भइसकेको पनि उनले बताए । आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले प्रदेशभित्रका उपलब्ध द्वितीय सूचनाहरूलाई एकै ठाउँबाट एकत्रित गरी सूचना बैंकका रूपमा प्रादेशिक पाश्र्वचित्र बनाउने प्रयास गरिएको उल्लेख गर्दै प्रकाशित पुस्तकहरू प्रदेशको नीति, रणनीति, कार्यविधि तथा योजना बनाउन आवश्यक मार्गदर्शन प्रदान गरिने धारणा राखे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x