कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीमा देखिएको समस्या समाधान गर्न नयाँ शिराबाट सहमति गरी अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ । पार्टीमा देखिएको आन्तरिक विवाद मिलाउन शुक्रबार अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको थियो ।
बैठकमा सहभागी पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले भन्नुभयो ‘छलफलमा दुई अध्यक्षले खुलस्त रूपमा आ–आफ्नो कुरा राख्नुभयो । दुवै अध्यक्षले एक अर्काको कुरा सुने। शनिबार पुनः उहाँहरूबीच छलफल हुनेछ ।’ पार्टी एकताको मर्म अनुसार अगाडि बढ्ने विषयमा दुवै जनामा छलफल भए पनि कुनै निचोडमा भने नपुगेका कारण शनिबार पुनः दुई अध्यक्षबीच छलफल हुने बताइएको छ ।
असार १४ गते मदन जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको भनी दिनुभएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ताका लागि निवेदन दर्ता गराएपछि असार १० गतेदेखि बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले कार्यसूची छाडेर यिनै विषयमा छलफल सुरु भएको थियो । सो विषय स्थायी कमिटीमा प्रवेश पाएपछि पार्टीमा आन्तरिक विवाद सुरु भएको थियो । छलफल चलिरहेकै बेला मन्त्रिपरिषद् बैठकले चालू संसद् अधिवेशन अन्त्य गरेपछि स्थायी कमिटी बैठक नै प्रभावित भयो । सो बैठक स्थगित गरी शनिबारका लागि बैठक बोलाइएको छ ।
स्थायी कमिटी बैठक बस्नुअघि पार्टीमा देखिएका विवाद टुङ्गो लगाउन अध्यक्षद्वय ओली र प्रचण्डलाई जिम्मेवारी दिइएको थियो । सो अनुसार दुवै अध्यक्षबीच शुक्रबार तीन घन्टा छलफल भएको छ । पार्टी एकीकरण गर्दा दुई दलको बीचमा भएको सहमतिका बारेमा दुई अध्यक्षको बीचमा समीक्षा भएको हो । एकीकरण हुँदा तत्कालीन एमाले र माओवादीबीच भएको सहमतिमा कहाँ–कहाँ, के–के र कसका कारणले उल्लङ्घन भएको कुरामा दुई अध्यक्षको बीच छलफल भएको हो । स्रोतका अनुसार समीक्षाका क्रममा दुई अध्यक्षले आत्मसमीक्षा गर्दै नयाँ ढङ्गबाट अगाडि बढ्ने कुराकानीसमेत भएको बताइएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा माग्नु गलत हो । पार्टी र सरकारले गरेको कामको समीक्षा नै नगरी सीधै राजीनामा माग्नु पार्टीमा गलत नजिर स्थापित हुने बताएका थिए । उनले आफूले के–कति कारणले दुवै पदबाट राजीनामा दिने भनेर अध्यक्ष प्रचण्डसमक्ष प्रश्न गरेका थिए।
प्रधानमन्त्री ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने कुरा स्पष्ट रूपमा अध्यक्ष प्रचण्डसमक्ष राखेका थिए । दुई दलबीच भएको सहमति अनुसार नै तपाईंलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएकै हो, अहिले त्यसमा किन र कहाँ असहमति भएको भनी अध्यक्ष ओलीले प्रश्न गरेका थिए । त्यसको जवाफमा अध्यक्ष प्रचण्डले त्यो सहमति तपाईंकै कारण भङ्ग भएको हो, अब नयाँ ढङ्गबाट कसरी अगाडि बढ्ने त्यसका बारेमा छलफल गरौँ भनी प्रस्ताव गर्नुभएको जनाइएको छ ।
दुई जनाको लामो छलफलले पार्टीको विवाद सहमति नजिक पुगेको बैठकमा सहभागी स्थायी कमिटीका सदस्य जनार्दन शर्माले बताए। उनले दुई अध्यक्षबीच खुलेर हरेक विषयमा कुराकानी भएको छ, छलफल निकै सकारात्मक भएको छ भन्नुभयो । शनिबार स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्ष बीचमा पुनः छलफल हुने शर्माले जानकारी दिए। गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले खबर लेखेका छन् ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...