कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
असार २०, २०७७
कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३२ पुग्यो,पछिल्ला मृतक काठमाडौंका
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमित भएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
पछिल्लोपटक काठमाडौं बानेश्वरका ८५ वर्षीय पुरुषको काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
उच्च रक्तचाप र पार्किन्सनका बिरामी उनी मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएको र असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको छ।
कोभिड- १९ संक्रमितको कुल संख्या भने १५ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयले दिएको छ ।
संक्रमितमध्ये ६ हजार १४३ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
थप ७४० जनामा कोरोना संक्रमण,संक्रमितको कुल संख्या १५ हजार नाघ्यो
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
संक्रमितमध्ये ६ हजार १४३ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
मृतकको संख्या भने ३२ पुगेको छ ।
अब विदेश वा संक्रमित क्षेत्रमा नगएका यी वर्गका व्यक्तिहरूको पनि कोरोना परीक्षण!
सरकारले कोरोनाभाइरस (कोभिड- १९) संक्रमण परीक्षणको दायरा बढाउने घोषणा गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा परीक्षणको दायरा फराकिलो बनाइएको घोषणा गरिएको हो ।
'परीक्षणको दायरा फराकिलो बनाइएको छ,' स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, 'क्यान्सर र डायबिटिजका बिरामी, इमर्जेन्सीमा आउने बिरामी, आईसीयूमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीहरूको परीक्षण गरिने छ ।'
संक्रमित बिरामीहरूलाई सरकारी, सामुदायिक तथा निजी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको प्रवक्ता गौतमले बताए ।
बालुवाटारमा ओली–प्रचण्ड वार्ता,धुम्बाराहीमा युवा नेताको धर्ना
पार्टीभित्र चुलिएको संकट समाधानका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार मध्याह्नपछि दुई नेताहरूबीच छलफल चलिरहेको हो ।
महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि बैठकमा सहभागी छन् ।
असार १० गतेदेखि शुरू भएको स्थायी कमिटी बैठक रोकेर आज अध्यक्षद्वयबीच छलफल चलिरहेको हो ।
मंगलवारको बैठकमा प्रचण्डलगायत नेकपाका शीर्ष नेताहरूले ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद पेचिलो बन्दै गइरहेको छ । ओलीले दुवै पदबाट राजीनामा नगर्ने स्पष्ट अडान लिएका छन् ।
बालुवाटारको बैठकअघि नेकपाका दोस्रो पुस्ताका नेताहरूले पार्टी एकतालाई बचाएर लैजान नेताहरूमाथि दबाब सिर्जना गरेका थिए ।
बालुवाटारमा अध्यक्षद्वयको वार्ता चलिरहेको समयमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा युवा नेताहरूले मिल्नका लागि दबाब दिएका छन् ।
केन्द्रीय सदस्यहरू डा. विजय पौडेल, जगन्नाथ खतिवडा, हिमाल शर्मा, रामकुमारी झाँक्री, युवा संघका अध्यक्ष दीपशिखा लगायतका नेताहरू धुम्बाराहीमा भेला भएर धर्नामा बसेका हुन् ।
शनिवार बस्ने स्थायी कमिटीको बैठकअघि नै सहमतिका लागि अधिकतम पहल गर्ने नेताहरूले बताउँदै आएका छन् ।
नेविसंघका नेतालाई देउवाको प्रश्न : म चार पटक प्रधानमन्त्री भइसकें,तपाईहरू कोही सक्नुहुन्छ ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू चार पटक प्रधानमन्त्री भइसकेको भन्दै नेविसंघका नेताहरूलाई चुनौति दिएका छन् । कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अहिले नेविसंघको अवस्था लाजमर्दो भएको बताए ।
उनले आफू नेविसंघको सभापति हुँदै ४ पटक प्रधानमन्त्री बनेको बताउँदै नेविसंघका अहिलेका नेताहरूलाई भावि प्रधानमन्त्री बन्न चुनौति दिए । उनले भने,‘म पनि नेविसंघको सभापति भएको हुँ । चार पटक प्रधानमन्त्री भइसकेँ । तपाईंहरु कोही हुन सक्नुहुन्छ भोलि ? यस्तै हिसाबले लाज पनि छैन यहाँ ।’
सामाजिक दूरी कायम नगरेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश पोखेका छन् । कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवा नेविसंघले कार्यक्रम गर्दा सामाजिक दूरी कायम नगरेको भन्दै आक्रोश पोखेका हुन् ।
सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्न समेत गरे । उनले भने, ‘सोसल डिस्ट्यान्सिङ भन्या छ, टाँसिएर बसिराखेको छ । लाज पनि छैन । बोल्दा पनि भ्यालु छैन । कहाँ डिस्ट्यान्सिङ छ यहाँ ? त्यसकारणले खतरा हुन गएको छ । यसमा चिच्याएर ठूलोठूलो स्वर गरेर केही हुनेवाला छैन । सोसल डिस्ट्यान्सिङ गर्नुस्, यस्तो टाँसिएर बसेर हुन्छ ?’
उनले आफ्नो पालामा नेविसंघ देशभर रहेको बताउँदै अहिलेको नेविसंघ गाउँ पुग्न नसकेको आक्रोश पोखे । ‘हामीले सबै ठाउँमा जितेका थियौं । नेविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीँ पनि नेविसंघ देखिँदैन । गाउँ स्कुलमा जबसम्म नेविसंघ हुँदैन तबसम्म कहिल्यै पार्टी बलियो हुँदैन । त्यही नेविसंघ त हो नि पार्टी भन्ने । कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने,’ उनले भने ।
ओली-प्रचण्ड वार्ता सकारात्मक,ठोस सहमति भने भएन
पार्टीभित्र चुलिएको संकट समाधानको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै ३ घण्टा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको छलफल सकारात्मक रहेको नेकपा उच्च स्रोतले जानकारी दियो ।
‘दुवै अध्यक्षले खुलेर कुरा राख्नुभयो, ठोस सहमति केही भएन, स्थायी कमिटी बैठकअघि फेरि फेरि बस्ने कुरा भयो,’ नेकपा उच्च स्रोतले भन्यो ।
ओली–प्रचण्ड वार्तामा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।
असार १० गतेदेखि शुरू भएको स्थायी कमिटीको बैठक रोकेर आज अध्यक्षद्वयबीच छलफल भएको हो ।
मंगलवारको बैठकमा प्रचण्ड लगायत नेकपाका शीर्ष नेताहरूले ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद पेचिलो बन्दै गइरहेको छ ।
आफ्नो पक्षमा आन्दोलन चर्काउन प्रधानमन्त्री ओलीको निर्देशन
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चुलिएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो पक्षमा आन्दोलन चर्काउन युवाहरूलाई निर्देशन दिएका छन् ।
बिहीवार राति ११ बजे ओलीले आफू पक्षका युवाहरूलाई बालुवाटार बोलाएका थिए ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूले जारी स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा माग गर्न थालेपछि ओलीले सडकमा आउन आफूनिकटका युवाहरूलाई निर्देशन दिएका हुन् ।
'उहाँले राष्ट्रका पक्षमा सडकमा आउन हामीलाई आग्रह गर्नुभयो,' मध्यरातमा बालुवाटार पुगेका पूर्वएमालेनिकट युवा संगठनका एक पदाधिकारीले बताए ।
उनले प्रधानमन्त्रीको निर्देशनबमोजिम शुक्रवारबाट नै देशव्यापी आन्दोलन शुरू हुने दाबीसमेत गरे ।
नेकपाका दोस्रो पुस्ताका नेताहरूको बैठक : शीर्ष नेतालाई मिल्न दबाब दिने सहमति!
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद फूटतर्फ उन्मुख भएपछि पार्टीलाई फुट्नबाट जोगाउन दोस्रो तहका नेताहरू सक्रिय भएका छन् ।
शुक्रवार अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले भेला गरेर शीर्ष नेताहरूलाई खबरदारी गरेका थिए ।
छलफलमा जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल र मणि थापा सहभागी थिए ।
छलफलमा सहभागीमध्ये सुरेन्द्र पाण्डेले पार्टी कुनै हालतमा विभाजन हुन नहुने र त्यसका लागि आफूहरूले गर्ने प्रयासस्वरूप छलफल गरेको दाबी गरे ।
छलफलमा शीर्षनेताहरूलाई मिलेर अघि बढ्नका लागि दबाब कसरी दिने भन्नेबारेमा कुराकानी भएको थियो ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...