नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २२ गतेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको जनाएका हुन् । 


Advertisement

 यसअघि बिहीवार केही समय बसेर स्थगित भएको बैठक शनिवारका लागि बोलाइएको थियो । 

शुक्रवार प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो । 


Advertisement

त्यसपछि शनिवारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर केही समयअघि मात्रै स्थगित गरिएको हो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्