नेपालबाट आज ११ अन्तर्राष्ट्रिय उडान

फाइल फोटो

विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि शनिवार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् ।

यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको काठमाडौं विमानस्थलमा अवतरण गरेर पुनः फर्कने जनाइएको छ ।


Advertisement

नेपाल एयरलाइन्सका २ जहाज साउदी अरेबियाको रियाद र दमामबाट शनिवार बिहान काठमाडौं अवतरण गरेका छन् । शनिवारै नेपाल एयरलाइन्स दोहा र क्वालालम्पुर प्रस्थान गर्नेछन् ।

कुवेतबाट नेपाली लिएर आएको हिमालय एयरलाइन्स पनि बिहान काठमाडौं आइपुगेको विमानस्थलले जनाएको छ । सोही एयरलाइन्सको जहाज शनिवार राति कतारको दोहा र आबुधाबी उड्ने तालिका छ । 


Advertisement

टर्किस एयरलाइन्स शनिवार राति ९ बजे काठमाडौं विमानस्थल अवतरण गरेर राति १०ः३० बजे इस्तानबुल फर्कने विमानस्थलले जनाएको छ । शनिवारै मध्याह्न कतार एवरवेजले दोहा र जजीरा एयरवेजले कुवेतबाट नेपाली काठमाडौं ल्याउने छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि ११ अन्तर्राष्ट्रिय उडान भएका थिए । ती उडानबाट कूल ९१८ यात्रु नेपाल भित्रिएको विमानस्थलले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र नेपालीको चार्टर्ड उडान गरी नेपाल ल्याउन नेपालको तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक ५ देखि ६ वटासम्म उडान गरिरहेका छन् भने कतार एयरवेज, जजीरा एयरवेज, एयर अरेबिया, टर्किस लगायत विदेशी एयरलाइन्सले नेपालमा चार्टर्ड उडान गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्