खोकनामा प्रहरी र स्थानीयबीच झडप, २ प्रहरी घाइते

तस्वीर सौजन्य : न्युजअफ नेपाल डटकम

तराइ मधेश द्रुतमार्गको जेरोकिलोमिटर खोकना खण्डमा खोकनाबासी र प्रहरीबीच झडप भएको छ ।

झडपमा २ जना प्रहरी घाइते भएको विवरण आएको भैंसेपाटी प्रहरी इन्स्पेक्टर सुजित ओझाले लोकान्तरलाई जानकारी दिए । 


Advertisement

स्थितीलाई नियन्त्रणमा रोक्न प्रहरीले अश्रुग्यास समेत हानेको छ । 

५ सय भन्दा बढी जना स्थानीयले जग्गा खनजोत गर्न थालेका थिए भने प्रहरीले उनीहरूलाई रौक्न खोजेको थियो । 


Advertisement

इन्स्पेक्टर ओझा भन्छन्, ५ सयभन्दा बढीको भीडमा स्थानीय छन् । उनीहरूले ढुंगामुढा हान्न थालेपछि झडप भएको हो । 

स्थानीय बाजागाजाका साथमा रहेका थिए । 


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्